नेकपा महासचिव विप्लव र कांग्रेस नेता प्रकाशमान सिंहबीच भेटघाट

नेकपा महासचिव विप्लव र कांग्रेस नेता प्रकाशमान सिंहबीच भेटघाट

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले देशको राजनीतिक अवस्था, यसको निकास र तीनबुँदे सहमति कार्यान्वयनबारे राजनीतिक भेटघाटलाई पुनः निरन्तरता दिएका छन् ।

यहीँ क्रममा आज नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटघाट भएको छ । भेटघाटमा समसामयिक राजनीतिक विषय, तीनबुँदे सहमति कार्यान्वयनका सवाल र अग्रगामी राजनीतिक निकासका लागि महत्त्वपूर्ण छलफल भएको नेकपा कार्यालय स्रोतले जनाएको छ ।

नेपालको राजनीतिमा अग्रज नेतृत्व मानिने गणेशमान सिंहका पुत्र प्रकाशमानसिंह सँगको यो भेटघाटलाई महत्त्वका साथ हेरिएको छ । नेकपा महासचिव विप्लव पछिल्लो पटक देशको राजनीतिक समसामयिक विषयमा विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट र छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :