तीनबुँदे सहमति कार्यान्वयन गर, एमसीसी सम्झौता खारेज गर : नेकपा

तीनबुँदे सहमति कार्यान्वयन गर, एमसीसी सम्झौता खारेज गर : नेकपा

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको तुलसीपुरमा तीनबुँदे सहमति कार्यान्वयन, सम्पूर्ण राजबन्दीको रिहाइ तथा एमसीसी सम्झौता खारेजीको लागि बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । बिरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्ने वक्ताहरूले तीनबुँदे सहमति कार्यान्वयन तथा एमसीसी सम्झौता खारेजीको माग गरेका हुन् ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य निर्मलले सरकार र आफ्नो पार्टीबीच भएको तीनबुँदे सहमति इमानदारीपूर्वक कार्यान्वयन गर्न माग गरे । नेता निर्मलले आफूहरू इमानदारीपूर्वक सहमति अनुसार अघि बढेको तर राज्य सहमतिप्रति इमान्दार नबनेको बताए । उनले सहमति अक्षरस पालना गरि सम्पूर्ण राजबन्दी रिहाइ नगरे आफूहरूले कडा सङ्घर्ष गर्ने चेतावनी दिए ।

यस्तै कोणसभालाई सम्बोधन गर्दै नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा उत्पादन बिभाग प्रमुख किरणले तत्कालिन नेकपा (माओवादी) को ४० सुत्रीय माग बेवास्ता गर्दा देशमा जनयुद्ध भएको स्मरण गर्न सरकारलाई चेतावनी दिएका थिए । उनले भने, “हामी हिजोपनि शान्तिपूर्ण ढङ्गले अघि बढ्यौ, आजपनि हामी शान्तिपूर्ण ढङ्गले नै अघि बढ्न चाहान्छौँ ।” तीनबुँदे उल्लङ्घन गरेर आफूहरूसँग भएको सहमतिलाई कार्यान्वयन नगरे देश युद्धको भुमरीमा फस्ने नेता किरणको चेतावनी थियो । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पास गर्ने दुस्साहस नगर्न नेता किरणको उद्घोष थियो । सम्पूर्ण नेपाली जनताहरू एमसीसीको विरुद्ध रहेको र जनताका विरुद्धमा फैसला गर्ने मुर्खता नगर्न किरणले चेतावनी दिए । एक फरक प्रसङ्गमा नेता किरणले गएराती करिव ९ बजे आफ्ना नेता–कार्यकर्तामाथि मदिरा सेवनले मातिएका केही अराजक समूहले भौतिक आक्रमण गरेको भन्दै त्यसको घोर निन्दा भत्र्सना गर्नुकासाथै अपराधीलाई कारवारही गर्न प्रशासनलाई ध्यानाकर्षण गराएका थिए ।

कोणसभाको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटीका सदस्य अमरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :