तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै कपिलवस्तुमा विरोध प्रदर्शन

तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै कपिलवस्तुमा विरोध प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले तीन बुँदे सहमति कार्यान्वयन तथा राजनीतिक आस्थाका बन्दीहरुको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेको छ । बुधबार गोरुसिङेमा भएको उक्त विरोध प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुका जिल्ला सचिव कमल केसीले सम्बोधन गर्दै फागुन २१ गते नेपाल सरकार र आफ्नो पार्टी नेकपाबीच भएकाे ३ बुँदे सहमति कडाईपूर्वक लागु गर्न सरकारलाई आग्रह गरे । उक्त सहमति अक्षरस पालना नगरे आफुहरुले कडा संघर्ष गर्ने चेतावनी दिए ।

एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पास गर्ने दुस्साहस नगर्न र सम्पूर्ण नेपाली जनताहरु एमसीसीको विरुद्ध रहेको र जनताका विरुद्धमा फैसला गर्ने मुर्खता नगर्न चेतावनी समेत दिए । एनसेलले अझै अर्बौं कर नतिर्दा दलका नेताहरू बोल्न नसकेको र अझ एमसीसीको ५० करोड डलर ल्याएर कमिसन खाने खेलमा लागेको उनको दाबी थियो ।

प्रदर्शन कार्यक्रममा तीन बुँदे सहमति कार्यान्वयन गर, कालोबजारी बन्द गर, महङ्गी नियन्त्रण गर, एमसीसी खारेज गर, एकीकृत जनक्रान्ति जिन्दावाद, नेकपा जिन्दावाद जस्ता नाराहरु लगाएका थिए ।

उक्त कार्यक्रममा नेकपा नेता तथा बिजयनगर गाउँपालिका इन्चार्ज प्रताप, युवा संगठन नेपाल जिल्ला अध्यक्ष सागर, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष विज्ञान, युवा संगठन लुम्बिनी ब्युरो सदस्य बादल, थारु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय संयोजक संघ प्रसाद थारु लगायतको उपस्तिथिती रहेको थियो । कार्यक्रमलाई शिवराज नगरपालिका इन्चार्ज पावेलले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :