नेकपा उदयपुरद्वारा गाईघाटमा विरोध प्रदर्शन

नेकपा उदयपुरद्वारा गाईघाटमा विरोध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जिल्लाको सदरमुकाम गाईघाटमा तीन बुँदे सहमति कार्यान्वयन, सम्पूर्ण राजबन्दीको रिहाइ तथा एमसीसी सम्झौता खारेजीको लागि र्याली सहित विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

विरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै नेकपा उदयपुर जिल्लाका कार्यालय सचिव दुर्गा तामाङले तीन बुँदे सहमति कार्यान्वयन तथा एमसीसी सम्झौता खारेजीको माग गरेका हुन् ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी उदयपुर जिल्ला कार्यालय सचिव दुर्गाले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति इमानदारीपूर्वक कार्यान्वयन गर्न माग गरे । नेता दुर्गाले आफूहरू इमानदारीपूर्वक सहमति अनुसार अघि बढेको तर राज्य सहमतिप्रति इमान्दार नबनेको बताए । उनले सहमति अक्षरस पालना गरि सम्पूर्ण राजबन्दी रिहाइ नगरे आफूहरूले कडा सङ्घर्ष गर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :