नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको जिल्ला बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको जिल्ला बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको १४ औँ जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । पार्टीका जिल्ला सचिव युगीनको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक, दोलखा इन्चार्ज प्रविणको प्रमुख आतिथ्यमा बसेको बैठक बलेफीमा सम्पन्न भएको हो ।
बैठकमा १३ औ पूर्ण बैठक देखि माघ ६ सम्मको योजना कार्यन्वयनको समीक्षा भएको थियो । जिल्ला कमिटी सदस्यहरूले आफ्नो कार्य क्षेत्रको रिपोर्टिङ गरेका थिए ।
प्रमुख अतिथि प्रवीणले बैठकमा उठेका जिज्ञासाको जवाफसहित आगामी सम्रग पार्टीको योजना, देशको राजनीतिक, सामाजिक, आर्थिक लगायत समसामयिक राजनीतिक विषयमा प्रष्ट पारेका थिए ।

बैठकमा जिल्ला सदस्यहरुको, विभाग, जवस मोर्चा र उत्पादनमा सबैको जिम्मेवारीसहित कार्यविभाजन गरिएको छ । बैठकले कोभिड १९ को तेस्रो लहर नेपालमा फैलिएकाले जनतामा जनचेतनामुलक कार्यक्रम गर्ने, स्वास्थ्य मापदण्ड अपनाउन समेत आग्रह गर्ने, अभियान संचालन गर्ने, एकीकृत जनक्रान्तिमा गोलबद्व गर्न र वैज्ञानिक समाजवादको र जनमत संग्रहको विषयमा जनतालाई प्रशिक्षित गरि पार्टीको योजना जनतासम्म पुर्याउने लगायतको निर्णय गरेको छ । त्यसैगरी पार्टीले स्थानीय तहको भ्रष्टाचार भन्डाफोर गर्ने,राष्ट्रघाति सम्झौता एमसीसी विरुद्ध संघर्ष गर्ने, तीन बुँदे सहमति कार्यन्वयनको लागि संघर्ष गर्ने लगायतका निर्णय गरेको छ । बैठकमा जिल्ला विशेष कमिटी सदस्यहरु किरण र मुकुन्दले पनि मन्तव्य राखेका थिए ।

जिल्ला सचिव युगीनले समग्र रिपोर्टसहित पार्टीले बनाएको योजनामा सबै जिल्ला सदस्यहरुलाई जिम्मेवारीबोध गर्दै आआफ्नो कार्यक्षेत्रमा खट्न नेर्देशनसहित बैठकको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :