जनपत्रकार संगठन प्युठानले पत्रकार महासंघलाई बुझायो ज्ञापनपत्र

जनपत्रकार संगठन प्युठानले पत्रकार महासंघलाई बुझायो ज्ञापनपत्र

पत्रकारिता क्षेत्रलाई मर्यादित र अनुशासित बनाउन नेपाल पत्रकार महासंघ प्युठानलाई जनपत्रकार संगठन नेपाल प्युठानले ज्ञापनपत्र बुझाएको छ । बुधबार जनपत्रकार संगठन प्यूठानका अध्यक्ष राजेन्द्र रावत क्षेत्रीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ५ बुँदे सुझाव पेश गरेको छ ।
ज्ञापन पत्रमा श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस पहल गर्ने, कोभिडको कारण रोजगारी गुमाएका सञ्चारकर्मिको पुर्नस्थापना, राहत र स्वास्थ्य उपचारको लागी पहल गर्नको लागि आग्रह समेत गरिएको छ ।
त्यस्तै पत्रकार महासंघको साधारण सदस्यको नविकरण गर्ने पत्रकारलाई यथासिघ्र परिचयपत्र उपलब्ध गराउन, महासंघलाई विदेशी सहयोगबाट सञ्चालन नगरि स्वदेशी सहायताबाट सञ्चालन गर्न पहल गर्नुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । साथै समानुपातिक विज्ञापन प्राणलीलाई कार्यान्वयनको लागि संस्थागत पहल गर्न र पत्रकारको क्षमता विकासको लागि तालिम र प्रशिक्षणको ब्यवस्था गर्न पनि ज्ञापन पत्रमार्फत सुझाव दिइएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजालले संगठनले उठाएका मुद्दा साझा मुद्दा भएकोले महासंघ यस विषयमा सकारात्मक रहेको बताएका छन् । संगठनका अध्यक्ष राजेन्द्र रावत क्षेत्री र कोषाध्यक्ष गिता गौतम सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :