पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध अखिल (क्रान्तिकारी) द्वारा प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध अखिल (क्रान्तिकारी) द्वारा प्रदर्शन

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यबृद्धि विरुद्ध विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि विरुद्ध अखिल (क्रान्तिकारी) ले आरआर क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो ।
 

अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यबृद्धि तत्काल खारेज गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले बिहीबार एक प्रेस विज्ञप्ती जारी गरी मूल्यबृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् । साथै बढाइएको मुल्य नघटाएसम्म देशव्यापी संघर्षमा उत्रिने स्पष्ट गरेका छन् ।

 

पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यबृद्धि तत्काल खारेज गरि पदार्थमा भइरहेका चुहावट र भ्रष्टचारी कर्मचारीहरुमाथि कारबाही तथा वैकल्पिक र आत्मनिर्भर उर्जाको उत्पादनसँगै प्रयोगमा जोड दिन समेत उक्त संगठनले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :