नेकपा झापाद्वारा उप्रेतीप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा झापाद्वारा उप्रेतीप्रति श्रद्धाञ्जली व्यक्त

झापा : नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला सदस्य एवम् कनकाई नगरपालिका इन्चार्ज देवी उप्रेतीलाई पितृशोक परेको छ । उप्रेतीका बुवा ९३ वर्षीय दधिराम उप्रेतीको झापास्थित कनकाई नगरपालिका –२ अन्तर्गत आफ्नै निवासमा १९ गते बेलुका ४ः३० बजेको समयमा निधन भएको हो ।

उप्रेतीको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी झापाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका तर्फबाट जिल्ला इन्चार्ज सुमन लिम्बु र सचिव प्रशान्तले शोक वक्तव्य जारी गर्दै उप्रेतीको निधनले स्तब्ध बनाएको भन्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :