क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा प्रकाशप्रति श्रद्धाञ्जलीसहित अन्त्यष्टी

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा प्रकाशप्रति श्रद्धाञ्जलीसहित अन्त्यष्टी

काठमाडौँ : ब्रेन क्यान्सरबाट अल्पायुमै निधन हुनु भएका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटा ‘प्रकाश’ को पशुपति आर्यघाट विद्युत शवदाह गृहमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरिएको छ । पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य ‘किरण’ ले पार्टीको झण्डा ओढाएर र माल्र्यापण गरेर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेता चित्रबहादुर केसी लगायतका नेताहरुले पनि मृतक सापकोटाको पार्थिव शरीरमा माल्यार्पण गरी अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो । नेता सापकोटाको अन्तिम श्रद्धाञ्जली तथा अन्त्यष्टी कार्यक्रमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरु धर्मेन्द्र बास्तोला, रामसिंह श्रीस, इन्द्रमोहन सिग्देल, रामबहादुर बुढा लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाली कम्युनिस्ट आन्दोलनका एकजना इमान्दार, निष्ठावान युवा नेतालाई अल्पायुमै गुमाउनुपर्दा सबै नेता कार्यकर्ताहरु भावविव्हल बनेका थिए । विद्यार्थी जीवनदेखिनै अनेरास्ववियुु (छैटौँ) बाट राजनीतिमा प्रवेश गर्नुभएका सापकोटा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष, तत्कालीन नेकपा (मशाल)का पोलिटब्युरो सदस्य हुँदै पछिल्लो चरणमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :