क्रान्तिकारी कम्युनिस्ट पाटीद्वारा परमानन्द धमलाप्रति हार्दिक श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पाटीद्वारा परमानन्द धमलाप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका कार्यालय सदस्य कृष्ण धमलाको बुवा परमानन्द धमलाको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता कञ्चनले बुधबार प्रेस वक्तव्यमार्फत सुर्खेत जिल्लाका वडा नंं. १ बाङ्गे सिमल निवासी परमानन्द धमलाको १०५ वर्षको उमेरमा भएको दुःखद निधनप्रति अत्यन्तै दुःखित भएको भन्दै बुवाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् । साथै उनले पार्टीका कार्यालय सदस्य कृष्ण धमला लगायत शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनमा हार्दिक समवेदना समेत व्यक्त गरेका छन् ।

प्रवक्ता कञ्चनले शोक वक्तव्यमा भनेका छन्, ‘वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, वडा नंं. १ बाङ्गे सिमल निवासी परमानन्द धमलाको गत ७ गते १०५ वर्षको उमेरमा निधन भएको छ । उहाँ हाम्रो पार्टीका कार्यालय सदस्य कमरेड कृष्ण धमलाको बुवा हुनुहुन्थ्यो । उहाँका दुई छोरा, दुई छोरी तथा नाति–नातिनी एवम् पनाति–पनातिनीहरू हुनुहुन्छ । उहाँको निधनबाट हामी अत्यन्तै दुःखित भएका छौँ । दुःखको यस घडीमा हाम्रो पार्टी परमानन्द धमलाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र कमरेड कृष्ण धमला लगायत शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :