चितवनमा रामचन्द्र खनालको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

चितवनमा रामचन्द्र खनालको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रदेश ३ का सदस्य प्रकाशबाबु खनालका बुबा रामचन्द्र खनालको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेपाल कुखुरा पालक किसान संघ, चितवनको संयुक्त आयोजना भएको कार्यक्रम पार्टीका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला संयोजक बिकासले सञ्चालन गरेका थिए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका तर्फबाट सचिवालय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज ध्रुब र नेपाल कुखुरा पालक किसान संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले आआफ्नो संस्थाको तर्फबाट समवेदना व्यक्त गरेका थिए ।

२००१ साल भदाै ९ गते गोर्खा दर्बुङ्गमा जन्मनु भएका खनालको २०८० फागुन ५ गतेका दिन चितवन, रत्ननगरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :