हजारसिंह तामाङप्रति हार्दिक श्रद्धाञ्जली एवम् समवेदना

हजारसिंह तामाङप्रति हार्दिक श्रद्धाञ्जली एवम् समवेदना

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशले पार्टीको प्रदेश सदस्य एवम् भक्तपुर जिल्ला सङ्गठन समितिका वरिष्ठ सदस्य रामकुमार तामाङका बुवा हजारसिंह तामाङको ९० बर्षको उमेरमा निधन भएकोमा दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको छ । पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलले मृतक बुवा हजारसिंह तामाङप्रति हार्दिक श्रद्धाञ्जली एवम् समवेदना व्यक्त गरेका हुन् ।

शोक वक्तव्यमा भनिएको छ, ‘रामेछाप जिल्ला सुनापति गापा ४ पिप्लेस्थित आफ्नै निवासमा दमको कारण यही २०८१।०२।२४ गते बिहीबारका दिन दुखद् मृत्यु भएकोमा हाम्रो पार्टी गम्भीर दुःख व्यक्त गर्दछ, मृतक बुवा हजारसिंह तामाङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । शोक सन्तप्त सम्पूर्ण परिवारजन भाई बन्धु, इष्ट मित्रप्रति हार्दिक समवेदना प्रकट गर्दछ । शोकलाई शक्तिमा बदल्दै देश जनता पार्टी र क्रान्तिको लागि समर्पित भएर लाग्ने प्रण गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :