राष्ट्रिय मुस्लिम मुक्ति मोर्चा रुपन्देहीको भेला सम्पन्न, अध्यक्षमा खान

राष्ट्रिय मुस्लिम मुक्ति मोर्चा रुपन्देहीको भेला सम्पन्न, अध्यक्षमा खान

भैरहवा : नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय मुस्लिम मुक्ति मोर्चा नेपाल रुपन्देहीको प्रथम भेला भैरहवामा सम्पन्न भएको छ । भेलाले राजु खानको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

भेलाले उपाध्यक्षमा मुहमद इस्लाम खाँ, सचिव समुदीन, सहसचिव फकुरदिन मुसलमान, कोषाध्यक्ष रहिम रहम रहेका छन् । अन्य सदस्यहरूमा पिन्टु अली, ग्यासुदिन मुसलमान, महमदरसिद मुसलमान, जफर अलि, स्माइल, इन्सुमियाँ, सुगरिम, जुठमुस्लिम मियालगायत रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा रुपन्देही सेक्रेटरी विश्वासले मुस्लिम समुदाय राज्यबाट उत्पीडनमा परेको भन्दै यसको मुक्तिका लागि सङ्घर्ष आवश्यक भएको बताएका छन् । सेक्रेटरी विश्वासले संसदीय व्यवस्थामा मुस्लिम समुदायमाथि उत्पीडनको अन्त्य नहुने भन्दै वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र समस्या समाधान गर्ने बताए ।

राष्ट्रिय मुस्लिम मुक्ति मोर्चा नेपाल केन्द्रीय अध्यक्ष अजमहामद मियाले मुस्लिम समुदायको मुक्ति वर्गसङ्घर्षको माध्यमबाट हुने भन्दै त्यसका लागि एकीकृत जनक्रान्तिमा जोडिनुपर्ने बताए । उनले मुस्लिम समुदायको आफ्नै पहिचान भएको भन्दै यसको हित र अधिकार सुनिश्चितताका लागि मुस्लिम समुदाय एक हुनुपर्ने बताए ।

रुपन्देहीमा नेकपाले विभिन्न जनवर्गीय सङ्गठन र मोर्चाहरूको भेला सम्मेलनहरू गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :