नेकपाद्वारा दिपायलमा विरोध प्रदर्शन तथा कोणसभा

नेकपाद्वारा दिपायलमा विरोध प्रदर्शन तथा कोणसभा

दिपायल : नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनमा एमसीसीको विरुद्धमा डोटीको दिपायलमा विरोध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको छ ।

सो कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी डोटीका जिल्ला सचिवालय सदस्य लक्ष्मी सुर्खेती ‘ममता’ ले संसदीय दलालहरू देश बेचिखान खोजिरहेका हुँदा यी दलालहरूको विरुद्धमा घरघरबाट जनताहरू उठेर डटेर सामना गर्नुपर्ने र दलालहरूलाई देशबाट निकाला गर्नुपर्ने बताए । अर्का वक्ता जिल्ला सचिवालय सदस्य मोहन कठायतले सम्बोधन गर्दै देश रहेन भने केको पार्टी जनता र चुनाब त्यसैले पहिला राष्ट्र बचाउन सबै नागरिक जाग्नु पर्ने यी दलाल संसदीय व्यवस्था ध्वष्ट पारी वैज्ञानिक समाजवाद स्थापना भए मात्र देश बचाउन सकिने भएको हुँदा सबैलाई सहयोग गर्न आग्रह गरे ।

उक्त कोणसभाको सञ्चालन अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश कठायतले गरेका थिए । सो कोणसभामा जिल्ला सदस्यहरू दलबहादुर महरा, दिपक भण्डारी लगायत नेता तथा कार्यकर्ता र जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :