युवा संगठन नेपाल प्यूठानद्वारा एमसीसी खारेजी र युवाहरुलाई स्वदेशमै रोजगारीको माग गर्दै जिल्ला प्रशासनलाई ज्ञापनपत्र

युवा संगठन नेपाल प्यूठानद्वारा एमसीसी खारेजी र युवाहरुलाई स्वदेशमै रोजगारीको माग गर्दै जिल्ला प्रशासनलाई ज्ञापनपत्र

प्यूठान: युवा संगठन नेपाल प्यूठानद्वारा एमसीसी सम्झौता खारेजीसँगै बेरोजगार युवालाई स्वदेशमै रोजगारीको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालयमा ४ बुँदे ज्ञापनपत्र पेस गरेको छ ।

ज्ञापनपत्रमा लेखिएको छ, `एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयले अहिले सिंगो देश सडकमा ओर्लेको छ । यस्तो विषयमा देश दुई ध्रुवमा विभाजित हुनु दुखद पक्ष हो । देशभरबाट बहुसंख्यक जनताले एमसीसी सम्झौता राष्ट्रघाती भएकोले खारेजीको आवाज उठाउदा उठाउदै पारित गर्न खोज्नु गम्भीर राष्ट्रघात गर्न खोजिएको हाम्रो संगठन युवा संगठन नेपाल प्यूठानको ठहर छ ।´ यसै सिलसिलामा एमसीसी सम्झौता विरुद्ध जनतताको सडक आन्दोलनलाई दमन तथा धरपकड गर्ने क्रियाकलापको विरोध गर्दै युवा संगठन नेपाल प्यूठानद्वारा पेस गरिएको ज्ञापनपत्रमा एमसीसी परियोजना खारेजी, पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि तथा महंगी नियन्त्रण, बेरोजगार युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी र कालोबजारी नियन्त्रणका बुँदाहरु समावेश गरिएको युवा संगठन नेपाल प्यूठानका उपाध्यक्ष वीरवल केसीले जानकारी दिएका छन् ।

युवा संगठन नेपाल प्यूठानले बुझाएको ज्ञापनपत्रका बुँदाहरु राष्ट्रियता र जनजीविका विषयहरु समावेश भएकाले मन्त्रालयसम्म ध्यानाकर्षण गराउने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताएका छन् ।       

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :