युवा संगठन नेपालद्वारा एमसीसीको विपक्षमा मत जाहेर गर्न देशैभरका सांसदहरूलाई सुझावपत्र पेश

युवा संगठन नेपालद्वारा एमसीसीको विपक्षमा मत जाहेर गर्न देशैभरका सांसदहरूलाई सुझावपत्र पेश

एमसीसी सम्झौता देशको लागि राष्ट्रघाती रहेकाले युवा संगठन नेपालले देशभरका संघीय प्रतिनिधि सभा सदस्यहरूलाई एमसीसी सम्झौताको विपक्षमा भोट गर्न सुझाव पत्र बुझाइरहेको छ ।

यसैक्रममा बर्दिया जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री तथा संघीय सांसद सन्जय गौतमलाई सुझाव पत्र बुझाएका छन् । त्यसैगरी म्याग्दी जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेकपा एमालेका नेता तथा संघीय सांसद भुपेन्द्र थापाको घरपरिवारलाई भेटी सुझाव पत्र बुझाएका छन् ।                               

युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार देशभरका संघीय प्रतिनिधि सभा सदस्यहरुलाई मेल गरेर, प्रत्यक्ष भेटेर र घरपरिवारमार्फत एमसीसी सम्झौताको विपक्षमा भोट गर्न भनि सुझाव पत्र बुझाइ रहेको संगठनका अध्यक्ष पाटन जंगलीले बताएका छन् ।
अमेरिकी साम्राज्यवादी रवैया र एमसीसी सम्झौतामा उल्लेख गरिएका प्रावधानहरुले देशलाई तत्कालीन, मध्यकालिन र दीर्घकालीन असरहरु गर्ने भएकोले
एमसीसी सम्झौताको विपक्षमा आफ्नो मत जाहेर गर्न सुझाव दिएको उनले बताए ।

सुझाव पत्रमा लेखिएको छ, `एमसीसी सम्झौताको विषयमा देशका ठूला दल र तिनका नेताहरुले खेलेको भूमिकाले जनतालाई निराश बनाएको छ । संसदिय व्यवस्थाभित्र रहेका दल र तिनका नेतृत्वहरुले सबै प्रकारका अस्त्रहरु प्रयोग गरेर भएपनि पास गर्नु पर्छ भन्ने कुराले साम्राज्यवादको गुलाम गरेको प्रष्ट हुन्छ । यो सम्झौता विगतमा गरिएका राष्ट्रघाती सन्धी सम्झौता भन्दा पनि खतरानाक सम्झौताको रुपमा रहेको छ । यस
सम्झौतालाई दुई प्रकारले हेर्नु पर्दछ । पहिलो प्राविधिक कोणबाट र अर्को राजनीतिक तथा कुटनीतिक आयामबाट हेर्नु पर्दछ । यस सम्झौताको विषयमा संसदमा बहस गर्नु भन्दा पहिले तपाईहरुलाई जनताको तर्फबाट अनुरोध गर्दछौँ, कि विगतमा जोडबलका साथ पास गरिएका महाकाली, गण्डक, कोशी, टनकपुर आदि सन्धी सम्झौताहरुले देशलाई के दियो, र दिन बाँकी के छ रु यसको जवाफ जनतालाई अनिवार्य दिनु पर्दछ । जनताको प्रतिनिधित्व गरेको हैसियतले जवाफ माग्ने पहिलो कर्तव्य तपाईको हुनेछ ।
तपाईलाई जनताले जुन विश्वास र भरोसाका साथ आफ्नो अमुल्य मत जाहेर गरेका छन्, त्यसको सहि कदर गर्नु हुनेछ । एमसीसी जस्तो राष्ट्रघाती विषयमा तपाई दुबिधामा पर्नुहुने छैन । एमसीसीले देशलाई राष्ट्रिय युद्ध र गृह युद्धमा धकेल्ने छ । यसबाट नेपाली र नेपालले ठूलो जनधनको क्षति बेहोर्नु पर्ने अनिवार्य छ । यस्तो प्रकारको क्षेती हुनबाट देशलाई बचाउन तपाईको महत्त्वपूर्ण र निर्णायक भूमिका रहनेछ । तसर्थ एमसीसी सम्झौताको विपक्षमा यहाँको मत रहनेछ भन्नेमा आम जनता विश्वस्त छन् ।´

सुझाव पत्र बुझाउने कार्यक्रम देशैभरीका सबै जिल्लामा सम्पन्न गरिने युवा संगठन नेपालका अध्यक्ष पाटनले जानकारी दिए ।

सुझाव पत्रको पूर्ण पाठ-

श्री माननीय………ज्यू
संघीय प्रतिनिधि सभा सदस्य

विषय: सुझाव पत्र

आज कथित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (कम्प्याक्ट) सम्झौताले देशलाई तरंगित बनाएको छ । यो परियोजना र यसमा उल्लेख गरिएका धारा, दफा, उपदफाहरु, अनुसूचीहरु र परिशिष्टहरुमा तय गरिएका बुँदाहरुले हामी सबैलाई चिन्तित तुल्याएको छ । अमेरिकी साम्राज्यवादी रवैया र एमसीसी सम्झौतामा उल्लेख गरिएका प्रावधानहरुले देशलाई तत्कालीन, मध्यकालिन र दीर्घकालीन असरहरु गर्ने छन् । सर्वप्रथम त यहाँले, एमसीसी सम्झौतामा व्यवस्था गरिएका धारा ६ को दफा ६.४, धारा ६ को दफा ६.८, धारा ७ को दफा ७.१, अनुसूची ५ को `क´ र अनुसूची ५ को `ख´ लगायत अरु धारा उपधाराहरुलाई गहिरो अध्ययन गरि जनतालाई प्रष्ट पार्न जरुरी छ । माथी उल्लेखित धाराहरुको अलावा अरु थुप्रै धाराहरु र उपधाराहरुमा पनि सोचनिय विषयहरु रहेको अवगत गराउछौँ ।

एमसीसी सम्झौताको विषयमा देशका ठूला दल र तिनका नेताहरुले खेलेको भूमिकाले जनतालाई निराश बनाएको छ । संसदिय व्यवस्थाभित्र रहेका दल र तिनका नेतृत्वहरुले सबै प्रकारका अस्त्रहरु प्रयोग गरेर भएपनि पास गर्नु पर्छ भन्ने कुराले साम्राज्यवादको गुलाम गरेको प्रष्ट हुन्छ । यो सम्झौता विगतमा गरिएका राष्ट्रघाती सन्धी सम्झौता भन्दा पनि खतरानाक सम्झौताको रुपमा रहेको छ । यस सम्झौतालाई दुई प्रकारले हेर्नु पर्दछ । पहिलो प्राविधिक कोणबाट र अर्को राजनीतिक तथा कुटनीतिक आयामबाट हेर्नु पर्दछ । यस सम्झौताको विषयमा संसदमा बहस गर्नु भन्दा पहिले तपाईहरुलाई जनताको तर्फबाट अनुरोध गर्दछौँ, कि विगतमा जोडबलका साथ पास गरिएका महाकाली, गण्डक, कोशी, टनकपुर आदि सन्धी सम्झौताहरुले देशलाई के दियो, र दिन बाँकी के छ रु यसको जवाफ जनतालाई अनिवार्य दिनु पर्दछ । जनताको प्रतिनिधित्व गरेको हैसियतले जवाफ माग्ने पहिलो कर्तव्य तपाईको हुनेछ ।

तपाईलाई जनताले जुन विश्वास र भरोसाका साथ आफ्नो अमुल्य मत जाहेर गरेका छन्, त्यसको सहि कदर गर्नु हुनेछ । एमसीसी जस्तो राष्ट्रघाती विषयमा तपाई दुबिधामा पर्नुहुने छैन । एमसीसीले देशलाई राष्ट्रिय युद्ध र गृह युद्धमा धकेल्ने छ । यसबाट नेपाली र नेपालले ठूलो जनधनको क्षति बेहोर्नु पर्ने अनिवार्य छ । यस्तो प्रकारको क्षेती हुनबाट देशलाई बचाउन तपाईको महत्त्वपूर्ण र निर्णायक भूमिका रहनेछ । तसर्थ एमसीसी सम्झौताको विपक्षमा यहाँको मत रहनेछ भन्नेमा आम जनता विश्वस्त छन् ।         

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :