दलाल संसदीय व्यवस्थाभित्र हुने निर्वाचनको अवज्ञा अनिवार्य : कञ्चन

दलाल संसदीय व्यवस्थाभित्र हुने निर्वाचनको अवज्ञा अनिवार्य : कञ्चन

अतरिया (कैलाली) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले दलाल संसदीय व्यवस्थाभित्र हुने सबै निर्वाचनको अवज्ञा अनिवार्य भएको बताएका छन् । सो पार्टीको सेतीमहाकाली ब्युरोको चौँथो पूर्ण बैठकमा सम्बोधन गर्दै यो जनतालाई लुटिखाने व्यवस्था भएकोले चुनावमार्फत वैधानिक लुटिखाने टिम खडा हुने भएकोले चुनवको कुनै औचित्य नभएको बताएका हुन् । साथै उनले शसक्त अवज्ञा गर्न कार्यकतालाई निर्देशनसमेत गरेका छन् ।

अर्को प्रसङ्गमा उनले क्रान्ति गर्न चाहने जुनसुकै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुसँग सके एकता हुने र नहुसक्नेहरुसँग मुद्दा मिल्नेहरुसँग कार्यगत एकता हुने बताए । केन्द्रीय सचिवालय सदस्य तथा ब्युरो इन्चार्ज महानको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ थिए भने अतिथिको रुपमा केन्द्रीय सल्लाहकार सदस्य राष्ट्रपति थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :