डोटी वडी केदारमा बस दुर्घटना

डोटी वडी केदारमा बस दुर्घटना

डोटी : डोटीमा बस दुर्घटना भएको छ । जिल्लाको वडी केदार गाउँपालिका–१ अलाडी महोन्याल मन्दिर नजिकै बस दुर्घटना भएको हो ।

घाङ्गलबाट जोशिपुरका लागि हिडेको रिभर साइड यातायातको ना ४ ख ३६०७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २२ जना यात्रु सवार रहेका थिए ।

प्रहरीका अनुसार बस दुर्घटनामा परि चार जना यात्रु घाइते भएका छन् भने अन्य यात्रुको अवस्था सामान्य रहेको छ । घटनाको थप अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :