नेकपा नेता सुनिल १६ महिना पछि रिहा

नेकपा नेता सुनिल १६ महिना पछि रिहा

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका नेता पेम्वा साङ्गे शेर्पा (सुनिल) जेल मुक्त भएका छन् । २०७७ साल मंसिर ७ गते पक्राउ गरेका सुनिल १६ महिनापछि आइतबार रिहा भएका हुन् ।

विशेष सुराकीका आधारमा १६ महिना अघि झापाबाट पक्राउ परेका उनी अदालतको फैसला अनुसार रिहा भएका हुन् । मोरङ जिल्ला अदालतले उनलाई एक वर्ष ४ महिनाको कारागारा सजाए र १५ हजार जरिवाना तोकेको थियो ।

अदालतको फैसला अनुसार १ वर्ष ४ महिना जेल भुक्तान गर्दै १५ हजार जरिवाना समेत बुझाएर उनी आइतबार रिहा भएका हुन् । जिल्ला आदालत मोरङले गएको पुस ९ गते उक्त फैसला गरेको थियो । फैसला अनुसार आइतबार १५ हजार ६ सय रुपैयाँ जरिवाना तिरेर उनी रिहा भएको नेकपा मोरङका इन्चार्ज नरेशले बताए ।

रिहा भएका उनलाई जनपत्रकार संगठन नेपालले खुल्ला आकाशमा स्वागत गरेको छ । प्रदेशमा १ जारी आधारभूत पत्रकारिता तालिममा जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्माले खादा र अविर लगाएर स्वागत गरेका हुन् ।

उक्त स्वागत कार्यक्रममा मोरङ जिल्ला सेक्रेटरी नरेश, जनपत्रकार संगठनका केन्द्रीय सदस्य शोभराज बराल, केन्द्रीय सदस्य तथा प्रदेश १ का संयोजक आलोक लिम्बु, सुदर्शन पाण्डेसहित तालिममा उपस्थिति सबै प्रशिक्षार्थीले अभिनन्दन गरेका थिए ।

उनलाई प्रहरीले हातहतियार तथा खरखजना मुद्धा लगाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :