राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपाद्वारा रुकुम पश्चिममा विरोध प्रर्दशन

राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपाद्वारा रुकुम पश्चिममा विरोध प्रर्दशन

रुकुम पश्चिम : राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले शुक्रबार सदरमुकाम खलङ्गामा विरोध प्रदर्शन गरेको छ ।

रुकुम पश्चिमको सदरमुकाम खलङ्गमा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज डिल्लीराज शर्मा ‘विश्व’ ले कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रघाती एमसीसीको विरुद्ध सबै देशभक्त नागरिक एक भएर खारेज गर्नुपर्ने बताए । एमसीसी देशको स्वाधीनतामा आँच आउने र सैन्य रणनीतिमा जोडिएकाले खारेज गर्नुपर्ने बताए ।

त्यस्तै रुकुम पश्चिम जिल्ला सेक्रेटरी चन्द्र बुढाले सम्बोधन गर्दै अमेरीकी साम्राज्यवादी हस्तक्षेपका विरुद्व आम नेपाली जनताहरू एक हुनुपर्ने बताउँदै राष्ट्रको अहितमा सम्झौताहरू गर्ने दलालहरूको र दलाल संसदीयको विकल्प खोज्दै वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।

जिल्ला सचिवालय सदस्य मोतिराम खड्काले एसीसी सम्झौता कुनै पनि हालतमा नेपालमा लागू गर्न नहुने बताउँदै यदि लागू भएमा अहिलेका संसदीय दलालहरू जिम्मेवार हुने र आफ्नो पार्टी दलालहरूका विरुद्व उपयुक्त निर्णय लिने बताए ।

त्यस्तै विरोध प्रदर्शन कार्यक्रममा राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ । गो ब्यक अमेरिका , एमसीसी चाहिँदैन देश बेच्न पाइदैन, अमेरी साम्राज्यवाद हस्तक्षेप बन्द गर, दलाल संसदीय ब्यवस्था खारेज गर जस्ता नारा लगाउँदै बजार परिक्रमा पश्चात् कोणसभा भएको थियो ।

त्यस्त‌ै शुक्रबार बिहान नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिम सचिवालयको बैठक सम्पन्न भएको छ । आगामी चैत्र महिनाभित्र गाउँपालिका र नगरपालिका भेला सम्मेलनहरू सम्पन्न गर्ने लगायतका विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै बैठक सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :