नेकपाले निकाल्यो रुकुम पश्चिममा मसाल जुलस

नेकपाले निकाल्यो रुकुम पश्चिममा मसाल जुलस

रुकुम पश्चिम : जिल्लाका बिभिन्न स्थानहरूमा मसाल जुलस निकालिएको छ । विप्लब नेतत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत ६ राजनैतिक दल र दुई मोर्चाले भोलि फागुण ४ गते राष्ट्रघाती एमसीसीबिरुद्ध देशभर बिरोध प्रदर्शन गर्ने केन्द्रीय कार्यक्रम अन्तरगत रुकुम पश्चिममा पनि त्यसको पुर्वसन्ध्यामा मसाल जुलुस निकालिएको हो ।

भोलि फागुन ४ गते देउवा सरकारले संसदमा राष्ट्रघाती एमसीसी टेवल गर्दै छ । उक्त दिनलाई सन्दर्भ पारेर एमसीसी खारेजको माग गर्दै भोलि फागुण ४ गते ६ राजनैतिक दल र दुई मोर्चाले संसद भवन घेराउसहित नेपाल बन्दको घोषणा गरिसकेका छन् ।

दलाल संसदीय व्यबस्था खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रघाती एमसीसी खारेज गर, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद लगायतका नारा लगाउँदै मसाल जुलस निकालिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमका अनुसार आठविसकोट नगरपालिकाको राडीबजार, सदरमुकाम खलङ्गा लगायका स्थानहरूमा मसाल जुलस निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :