नेकपा कपिलवस्तुद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा ब्यानरसहित प्रचारप्रसार

नेकपा कपिलवस्तुद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा ब्यानरसहित प्रचारप्रसार

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले मङ्सिर ८ गते कपिलवस्तुमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेकपा कपिलवस्तुले आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा चरणबद्ध पार्टी पुनर्गठन दिवसका कार्यक्रम अन्तर्गत आज कपिलवस्तुको शिवराजको नेपाल अदर्श मा.वि.को प्राङ्गणमा रक्तदान कार्यक्रम रहेको जनाएको छ । मङ्सिर ६ गतेदेखि पार्टी पुनर्गठन दिवस उत्सबका रुपमा मनाउन लागेको नेकपा कपिलवस्तुले जनाएको छ ।

सो ८ औँ पार्टी पुनर्गठन दिवसको सन्दर्भमा मङ्गलबार नेकपाले जिल्ला भित्रका मुख्यमुख्य ठाँउमा ब्यानर टाँसेर कार्यक्रम गरेको छ ।

नेकपा कपिलवस्तुले आज जिल्लामा बृहत रक्तदान कार्यक्रम, दिप प्रज्वलन, शुभकामना आदानप्रदान, युवा मार्च, घरघरमा दिप प्रज्वलन गर्ने लगायतका कार्यक्रमहरू गरि पार्टी पुनर्गठन दिवस भब्य उत्सबका साथ मनाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :