इट्टा उद्योग सञ्चालकले बालश्रम गराउँदै र पत्रकारहरूलाई दिए धम्की

कपिलवस्तु : कपिलवस्तुको एक इट्टा उद्योगमा सञ्चालकले नै बालबालिकालाई प्रयोग गर्दै आएका छन् । दर्जनौँ बालबालिकालाई उद्योगमा प्रयोग गरिएका छन् । जिल्लाको विजयनगर गाउँपालिकाको वडा नं. ६ खडैचामा रहेको शिव इट्टा उद्योगका सञ्चालक सन्दीप मौर्यले बालबालिकालाई बालश्रम गराउँदै आएको पाइएको छ । इट्टा उद्योगमा भारतको सडनीगोडनी र विजयनगर गाउँपालिकाका बालबालिकाहरू काम गर्दै आएका छन् ।

मौर्यले इट्टा उद्योगमा ८ वर्षदेखि १५ वर्ष उमेरका बालबालिकालाई प्रयोग गरिँदै आएका छन् । बालबालिकाले १ हजार इट्टा बनाए वापत रू. १ हजार देखि १३ सय रूपैयाँ उद्योग सञ्चालक मौर्यले दिने गरेको बताएका छन् । अहिले इट्टा उद्योगमा नेपाल र भारतमा दर्जनौँ बालबालिकाहरूले काम गरिरहेका छन् ।

उद्योगका एक कामदारले नाम नखोल्ने सर्तमा पारिश्रमिक बढाउन भने पनि कोरोना महामारी र वर्षातले करोडौँको इट्टा नष्ट भएको भन्दै पारिश्रमिक दर नबढाएको गुनासोसमेत गरेका थिए ।

इट्टा उद्योग सञ्चालक सन्दीप मौर्यले बालबालिकालाई प्रयोग नगरेको दाबी गरेका छन् । तर, उद्योगमा दर्जनौँ बालबालिकालाई मौर्यले नै लगाएको कुरा खुल्नमा आएको थियो । उनले बालबालिकालाई थोरै पैसाले इट्टा बनाउन सक्ने र उद्योगलाई बढी फाइदा हुने भन्दै बालबालिकाबाट काम गराउँदै आएका छन् ।

२० वर्ष मुनिका बालबालिकालाई गैरकानुनी कार्यमा लगाउन नपाइने नेपाल सरकारको प्रावधान रहेको छ । बाल अधिकार हनन् हुने गरि गैरकानुनी रूपमा कुनै पनि कार्यमा लगाउन नपाउँने कानुन बनाए पनि उद्योगका सञ्चालक मौर्यले बढी नाफा हुने लोभले बालश्रम गराउँदै आएका छन् । उद्योगमा बालबालिकालाई प्रयोग गर्दै आएको स्थानीयको गुनासो आएपछि उद्योगमा अनुगमनका लागि पुगेका पत्रकारलाई दादागिरी शैलीमा अमर्यादित गालीगलौज गर्दै मौर्यले इट्टा भट्टामा हालेर ज्यान मार्ने धम्कीसमेत दिएका छन् । रेडियो शिवराजका रिपोर्टर तथा गौतमबुद्ध सन्देशका संवाददाता घनश्याम भर, बुटवल टुडेका संवाददाता राम अवतार चौधरी र जनपत्रकार संघ कपिलवस्तुका अध्यक्ष अनिल थारूलाई मौर्यले ज्यान मार्ने धम्की दिएका छन् ।

मौर्यले पत्रकार हो भने आइडी कार्ड देखाउ भन्दै उनले भने, ‘तिमिहरूले भन कति पैसा चाहियो ?, ठाउँ–ठाउँमा पैसाको बिछ्यौना लगाई दिन्छु ।’ यसरी उनले पैसाको शक्ति देखाउँदै पत्रकारलाई इट्टा भट्टामा जलाएर मार्नेसम्म पछि हटेनन् । सञ्चालक मौर्यसँगै रहेका महताब (पप्पु) खानले हात खुट्टा भाँच्ने धम्की दिए । उनले भने, ‘मलाई राम्रोसँग चिनेका छैनौँ तिमिहरू, केही बिगार्न सक्दैनौँ ।’ खानले भारतमा पनि गैरकानुनी काम गर्दै आएको एक स्रोत जनाएको छ । भारतमा आपराधिक गतिविधिमा बढी संलग्न रहेकोले भारत पुलिसले खानको खोजी अनुसन्धान गरिरहेको जनाए । अहिले नेपालको सिमावर्ति क्षेत्र कृष्णनगरमा लुकीछिपी बस्दै आएका छन् ।

बेमौसमी बर्षातका कारण कपिलवस्तु इट्टा उद्योगहरूमा वर्षेनी लाखौँको क्षति हुँदै आएको छ । इट्टा उद्योगको बीमा नहुने हँदा उद्योगीहरू मर्कामा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :