नेकपा जाजरकोटको पूर्ण बैठक सम्पन्न

‘जिल्लामा भएका भ्रष्टाचार, दलाल र तस्करका विरुद्ध निरन्तर लड्न निर्देशन’

नेकपा जाजरकोटको पूर्ण बैठक सम्पन्न

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी जाजरकोटको १९ औँ पूर्ण बैठक शनिबार सम्पन्न भएको छ ।

नेकपा जाजरकोटका अनुसार बैठकका प्रमुख अतिथि तथा जाजरकोट जिल्ला इन्चार्ज सङ्गम आरसीले नेपालको विद्यमान राजनीतिक परिस्थितिमा दलाल संसदीय व्यवस्थाले पारेको प्रभाव र सङ्कटलाई चिर्नको लागि जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद अपरिहार्य आवश्यकता रहेको वताए । साथै आरसीले बैठकमा उठेका बिषयलाई स्पस्ट पार्दै पार्टीको आगामी कार्यभारबारे प्रष्ट पारेका थिए ।

जिल्ला सेक्रेटरी प्रेमबहादुर चलाउनेले बैठकले लिइएका दुरगामी र ऐतिहासिक निर्णयहरूको दृढता र तिब्रताका साथ कार्यान्वयन गर्न र पार्टी कमिटीलाई जिल्लामा भएको भ्रष्टाचार, दलाल र तस्करका विरुद्ध निरन्तर लड्न निर्देशन दिएका थिए ।

गत माघ ११ गतेदेखि सञ्चालन भएको जिल्ला समितिको बैठक १५ गते शनिबार सम्पन्न भएको नेकपा जाजरकोटले जनाएको छ ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सङ्गम आरसीको प्रमुख आतिथ्यता रहेको थियो भने अध्यक्षता जिल्ला सेक्रेटरी प्रेमबहादुर चलाउनेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :