जनगणतान्त्रिक सम्पर्क मञ्च रसुवा–काठमाडौँको भेला सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्च रसुवा–काठमाडौँको भेला सम्पन्न

काठमाडौँ : नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति नेपाल अन्तगर्त रसुवा–काठमाडौँ सम्पर्क मञ्चको दोस्रो भेला सम्पन्न भएको छ । शंकर पौडेलको अध्यक्षता ९ सदस्यीय कमिटी गठन गरिएको छ । जसको सचिवमा राजकुमार पौडेल, कोषाध्यक्ष प्रकाश स्याङ्तान, सदस्यहरू कैलाश पौडेल, हितबहादुर तामाङ, कुमार तामाङ, सुनकाजी तामाङ, सन्तोष न्यौपाने रहेका छन् ।

उक्त कार्यक्रमको प्रमुख अतिथि जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष रत्न मगर तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सचिवद्वय सुशील बलम्पाकी र खेम प्रधान रहहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष रत्न मगरले एक्रीकृत जनकान्ति देशका विभिन्न जिल्लाबाट जिल्लाबासी एक भई लाग्न अपिल गर्दै नवनियुक्त कमिटीलाई बधाई दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :