नेकपा भरतपुर महानगर वडा नं. २० को बैठक सम्पन्न

नेकपा भरतपुर महानगर वडा नं. २० को बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी भरतपुर महानगर समिति वडा नं. २० चितवनको पहिलो बैठक सम्पन्न भएको छ । सङ्गठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियान कार्यक्रम अन्तरगत शनिबार वडा नं. २० मा शिव पौडेलको अध्यक्षतामा पहिलो बैठक सम्मन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि महानगर इन्चार्ज दुर्गा सुवेदी, सेक्रेटरी राजकुमार तिमिल्सिना र वडा इन्चार्ज राम कुवर अतिथि रहेका थिए ।

उक्त कार्यक्रममा पार्टी सदस्यता वितरण गर्दै विद्यमान राजनीतिक अवस्था र भावी राजनीतिक दृष्टिकोण प्रष्ट पार्दै अध्यक्षबाट बैठक समापन गरिएको प्राप्त समाचारमा जनाइएको छ । साथै राष्ट्रघाती एमसीसी, भ्रष्टाचार, अनियमितता र विसङ्गतिविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :