पाठकको स्मृतिमा श्रद्वाञ्जली सभा कार्यक्रम

पाठकको स्मृतिमा श्रद्वाञ्जली सभा कार्यक्रम

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुको आयोजनामा आखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय अध्यक्ष घनश्याम पाठकका बुवा लिलाम्वर पठाकको स्मृतिमा श्रद्वाञ्जली सभा कार्यक्रम गरिएको छ । जिल्लाको वाणगङ्गा नगरपालिका–४, गजेहडा निवासी दिवगत पठाकको बुधबार श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको छ ।

श्रद्धाञ्जली सभामा नेकपा केन्द्रीय सदस्य तथा कपिलवस्तु र अर्घाखाँची इन्चार्ज जुझारुले बोल्दै मृतक बुबा एक असल अभिभावक भएको र कम्युनिस्ट आन्दोलनमा विभिन्न तह र तप्काका नेताहरूलाई घरपरिवारमा खाना खुवाउने, सेल्टर दिने जस्ता सहयोगी भूमिका निभाएको हुँदा उहाँको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका थिए । जनयुद्ध र एकीकृत जनक्रान्तिमा पनि बुबाको निरन्तर महत्वपूर्ण साथ सहयोग रहेको इन्चार्ज जुझारुले स्मरण गराएका थिए ।

शोक सभामा बोल्दै नेकपा केन्द्रीय सदस्य भेषराज भुसालले गहिरो समवेदनासहित मृतक बुबाप्रति भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दै एउटा होनहार देशप्रेमी अभिभावक गुमाएको दुःखद् भएको बताए । श्रद्वाञ्जली मन्तव्यका क्रममै भुसालले शिक्षाप्रेमी, समाजसेवा, राजनीतिजस्ता सामाजिक काममा लाग्न प्रेरित गर्ने लिलाम्वर पठाक जस्ता बुबाहरू कमै हुने भन्दै बुबाको प्रशंसासमेत गरेका थिए । दिवगत् लिलाम्वर पाठकको निधनले सिङ्गो नेकपा मर्माहत भएको बताउँदै पाठकको निधनले परिवारमा पर्न गएको अपुरणीय क्षतिप्रति गहिरो समवेदनासहित भावपूर्ण श्रद्वाञ्जली ब्यक्त गरेका थिए ।

उक्त श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा केन्द्रीय प्रकाशन विभाग इन्चार्ज प्रज्वलन, अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय सदस्य राम निवास चौहान, राष्ट्रिय थारु मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुनिल, नेकपा केन्द्रीय सदस्य तथा कपिलवस्तु सेक्रेटरी कमल केसीलगायत नेताहरूले श्रद्वाञ्जली कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

केन्द्रीय अध्यक्ष घमश्याम पठाकका ८८ वर्षीय बुबा लिलाम्वर पाठकको पुस १९ गते सोमबार वाणगङ्गा नगरपालिका वडा नं.४ गजेहडामा निधन भएको थियो । १९९० सालमा बाग्लुङ जिल्लाको कालकोट नगरपालिका वडा नं. ६ चरौदीमा लिलाम्वर पाठकको जन्म भएको थियो । पठाकका दुई छोरा र दुई छोरी छन् । अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठक जेठा छोरा हुन् ।

कार्यक्रम नेकपा केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला सेक्रेटरी कमल केसीको अध्यक्षता र नेकपा नेता शेरमान थारूको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :