भरतपुर महानगरमा सङ्गठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियानको उद्घाटन

भरतपुर महानगरमा सङ्गठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियानको उद्घाटन

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवन भरतपुर महानगर समितिले भरतपुर २८ को जितपुरबाट सङ्गठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियानको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

राजकुमार तिमिल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि महानगर अभियान संयोजक तथा विशेष समितिका सेक्रेटरी महेश, अतिथि भरतपुर महानगरपालिका इन्चार्ज दुर्गा सुवेदी, जिल्ला कार्यालय सचिव प्रेम चौधरी रहेका थिए ।

अभियान उद्घाटन कार्यक्रमको सञ्चालन सचिवालय सदस्य कृष्ण बरालले गरेका थिए । कार्यक्रम सौहाद्ध ढङ्गले सम्पन्न भएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :