युवा संगठन नेपाल कपिलवस्तुद्वारा एमसीसीविरूद्व विरोध प्रर्दशन

युवा संगठन नेपाल कपिलवस्तुद्वारा एमसीसीविरूद्व विरोध प्रर्दशन

कपिलवस्तु: एमसीसी सम्झौता विरूद्व ६ दल र २ मोर्चाको संयुक्त केन्द्रीय कार्यक्रम अनुसार नेपाल कम्युनिस्ट पार्टी निकट युवा सगठन नेपाल कपिलवस्तुले चन्द्रौटामा विरोध प्रदर्शन गरेको छ ।

विरोध कार्यक्रमलाई युवा संगठन नेपाल केन्द्रिय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज बादलले सम्बोधन गर्दै राष्ट्रघाती एमसीसी नेपाली जनता र नेपालको पक्षमा नहुँदा नहुँदै पनि शासकले पास गरेकोले अब हरेक युवा चोकचोकबाट उठ्न जरुरी रहेको बताए । जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहन नसक्ने भन्दै सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध र राष्ट्रघाती एमसीसी विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन सबै युवाहरुलाई अपिल समेत गरेका छन् ।

कार्यक्रममा सम्बोधन अर्का वक्ता युवा संगठन नेपाल (क्रान्तिकारी) प्रदेश सदस्य विनय रैदाश गरेका थिए भने कार्यक्रमकाे सञ्चालन अखिल नेपाल युवक संघका टिना अदैले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :