नेपाली भू-भागलाई मिचेर तटबन्द गर्ने कार्य तुरुन्त रोक्न भारत सरकारलाई प्रकाण्डकाे चेतावनी

नेपाली भू-भागलाई मिचेर तटबन्द गर्ने कार्य तुरुन्त रोक्न भारत सरकारलाई प्रकाण्डकाे चेतावनी

काठमाडौं: दार्चुलाको खलंगा पारी वाङ्गाबगड र विरेन्द्र वन इलाकामा भारतीय सिमा सुरक्षा बलले तटबन्धनको बाहानामा भारतीय सिमाना भन्दा ८ देखि १० मिटर नेपाली भू–भागलाई मिचेर तटबन्द गर्न थालेको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले साेमबार प्रेस विज्ञप्ती जारी गरी भारतीय मोदी सरकारले एसएसबीमार्फत गरेको सिमा अतिक्रमणको विरोध एवं भ्रत्र्सना गरेका छन् ।

दुई देशको सिमाना सम्बन्धी सवालको निरुपण गर्ने अन्तराष्ट्रिय कानुनी मान्यताहरुका खिलापमा एसएसबीले तटबन्धको नाममा नेपाली भूमि अतिक्रमण गरेको र तटबन्धबाट महाकाली नदीको जोखिमी एवं प्रवाह नेपाली भू-भागतिर मोड्ने बदनीयतपूर्ण कार्य तुरुन्त रोक्न प्रवक्ता प्रकाण्डले भारत सरकारलाई कडा चेतावनी दिएका छन् ।

खलंगा पारीको महाकाली नदीमा एसएसबीमार्फत भारतीय मोदी सरकारले गरेको अतिक्रमणलाई तुरुन्त रोक्नका लागि कुटनीतिक र राजनीतिक पहल गर्न शेर बहादुर देउवा सरकारसँग पार्टीकाे तर्फबाट जोडदार माग समेत गरेका छन् ।
साथै डोरीको सहारा र पौडिदै खलंगातिर आइरहेको एसएसबीलाई फागुन ११ गतेका दिन प्रतिरोध र प्रतिवाद गर्ने देशभक्त खलंगावासी नेपाली जनतालाई नेपाल कम्युनिस्ट पार्टीले हार्दिक बधाई सहित धन्यवाद व्यक्त गरेकाे छ । विज्ञप्तीमा भनिएको छ- `यसका विरुद्धको प्रतिरोध संघर्षलाई सशक्त पार्न दार्चुलावासी जनसमुदायलाई विशेष अपिल गर्दछौँ । नेपाल कम्युनिष्ट पार्टी तपाईहरुको साथमा रहनेछ ।´

सार्वजनिक प्रेस विज्ञप्तीकाे पूरा पाठ-

दार्चुला जिल्लाको सदरमुकाम खलंगा पारी नेपाल भारत सिमानामा भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले सिमा मिचेको घटना र संचार माध्यममा उठेका विषयको बारेमा पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१) खलंगा पारी वाङ्गाबगड र विरेन्द्र वन इलाकामा भारतीय सिमा सुरक्षा बलले तटबन्धनको बाहानामा भारतीय सिमाना भन्दा ८ देखि १० मिटर नेपाली भू–भागलाई मिचेर तटबन्द गर्न थालेको घटनाप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । भारतीय मोदी सरकारले एसएसबीमार्फत गरेको सिमा अतिक्रमणको हाम्रो पार्टी विरोध एवं भ्रत्र्सना गर्दछ ।
२) दुई देशको सिमाना सम्वन्धी सवालको निरुपण गर्ने अन्तराष्ट्रिय कानुनी मान्यताहरुका खिलापमा एसएसबी ले तटबन्धको नाममा नेपाली भूमि अतिक्रमण गरेको र तटबन्धबाट महाकाली नदीको जोखिमी एवं प्रवाह नेपाली भूभागतिर मोड्ने बदनीयतपूर्ण कार्य तुरुन्त रोक्न भारत सरकारलाई कडा चेतावनी दिन चाहन्छौँ ।
३) खलंगा पारीको महाकाली नदिमा एसएसबीमार्फत भारतीय मोदी सरकारले गरेको अतिक्रमणलाई तुरुन्त रोक्नका लागि कुटनीतिक र राजनीतिक पहल गर्न शेर बहादुर देउवा सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ ।
४) डोरीको सहारा र पौडिदै खलंगातिर आइरहेको एसएसबीलाई फागुन ११ गते (Feb 23) का दिन प्रतिरोध र प्रतिवाद गर्ने देशभक्त खलंगावासी नेपाली जनतालाई हार्दिक बधाई सहित धन्यवाद व्यक्त गर्दछौँ । यसका विरुद्धको प्रतिरोध संघर्षलाई सशक्त पार्न दार्चुलावासी जनसमुदायलाई विशेष अपिल गर्दछौँ । नेपाल कम्युनिष्ट पार्टी तपाईहरुको साथमा रहने छ । धन्यवाद !                                   

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :