राष्ट्रघाती एमसीसी विरुद्ध इलाममा प्रदर्शन 

राष्ट्रघाती एमसीसी विरुद्ध इलाममा प्रदर्शन 

इलाम: राष्ट्रघाती एमसीसी परियोजना विरुद्ध इलाम जिल्लाको देउमाइ नगरपालिकास्थित मंगलबारे बजारमा विरोध प्रदर्शन भएको छ । युवा संगठन नेपाल र अनेमसंघ क्रान्तिकारीको आयोजनामा उक्त विरोध प्रदर्शन भएको हो । 

प्रदर्शन पछिको कोणसभामा नेकपा इलामका सेक्रेटरी मौसम, देउमाइ नगरपालिका इन्चार्ज नवराज, युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा इलामका इन्चार्ज बिद्रोही, जिल्ला कमिटी सदस्य बिमल आचार्य लगायतले बोलेका थिए । कोणसभामा बोल्दै मौसमले ब्याख्यात्मक घोषणाको नाममा जनतालाई भ्रमित गरेर देश बेचिएको बताए । उनले यो राष्ट्रघात कदापी स्वीकार्य नहुने र यसलाई जनस्तरबाटै खारेज गरेर छाड्ने बताए । कार्यक्रममा बोल्दै बिमल आचार्यले एमसीसी गरेर देश बेच्ने दलालहरुलाई इलाम प्रवेशमा रोक लगाउने बताए । नवराजले इलामेली जनतालाई राष्ट्रघात विरुद्ध एकताबद्ध भएर लड्न अपिल गरेका छन् । 

कार्यक्रमको अध्यक्षता अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष मुना कार्कीले गरेकी थिइन् । उनले कार्यक्रम समापनमा बोल्दै दलालहरुको देशद्रोह विरुद्ध आफुहरु निरन्तर लड्ने बताइन् । कार्यक्रमको संचालन जिल्ला सदस्य बिनोद मगरले गरेका थिए । कार्यक्रममा गीत नाचागान समेत गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :