संयुक्त युवा संगठनद्वारा सुर्खेत, जनकपुर, उदयपुर र डोटीमा एमसीसी विरुद्ध विरोध प्रदर्शन

संयुक्त युवा संगठनद्वारा सुर्खेत, जनकपुर, उदयपुर र डोटीमा एमसीसी विरुद्ध विरोध प्रदर्शन

एमसीसी विरूद्ध संघर्षरत ६ पार्टी र दुई मोर्चा सम्बद्ध युवा संगठनहरूको संयुक्त आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा विरोध र्याली तथा कोणसभा सम्पन्न भएको छ ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा निकट अखिल (क्रान्तिकरी) केन्द्रिय सचिव वीरेन्द्र शाहले राष्ट्रघाती एमसीसी सम्झौता विरूद्धमा सम्पूर्ण युवाहरू एकजुट भएर आन्दोलन गर्नु जरूरी रहेको बताए । आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म देश र जनताको मुक्तिका लागि लड्ने बताए ।
नेकपा माओवादी समाजवादी सुर्खेत जिल्ला इन्चार्ज टेक्निकलले देश र जनतालाई पराधीन बनाउने राष्ट्रघाती एमसीसी ल्याप्चे गर्ने दलालहरूलाई जनताले गाउँ र शहरबाट लखेट्नु पर्ने धारणा राखे ।

नेकपा (मसाल) निकट अखिल नेपाल युवक संघ कर्णाली प्रदेश सचिव डोहन थापाले राष्ट्रघाती एमसीसीलाई खारेज गराउँदै दलालहरूको अन्त्य गर्न सम्पूर्ण युवा एकजुट भएर उठ्नुपर्ने बताए ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन कर्णाली प्रदेश संयोजक इन्द्र गौतमले राष्ट्रघाती एमसीसीकै साथमा दलाल लेण्डुप दोर्जेहरूको अन्त्यका लागि दलाल संसदवादको समेत खारेज गरी वैज्ञानिक समाजवाद स्थापना गर्न जरुरी रहेको बताए ।                                                कोणसभा अघि आन्दोलनरत युवा संगठनका युवाहरूकोव्यापक सहभागितामा सुर्खेत वीरेन्द्रनगरको एरीचोकबाट झण्डा, व्यानर नारा जुलुससहित सुरू गरिएको विरोध र्याली मंगलगढी पुगेर कोणसभामा परिणत भएको थियो । उक्त कोणसभाको संचालन युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज  तिलक पौडेलले गरेका थिए ।

यसैगरी जनकपुरमा नेपाल कम्यूनिष्ट पार्टी निकट युवा संगठन नेपालसहित ६ राजनीतिक दलका युवा संगठनहरूले एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।       
६ राजनीतिक दल सम्बद्ध युवा संगठनहरु राष्ट्रघाती एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्दै जानकी चौकमा कोणसभा गरेका थिए । कोणसभामा सम्बोधन नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य देवनारायणले गरेका थिए ।

यस्तै युवा संगठन नेपाल डोटीले एमसीसी सम्झौताको विरुद्धमा दिपायल डोटीमा विरोध प्रदर्शनसहित कोणसभा सम्पन्न गरेको छ ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य कृष्ण बहादुर बोहराले संसदीय दलालहरुले सत्ता बचाउनको लागि राष्ट्रघाती एमसीसी सम्झौता गरेको हुँदा यसको मुल्य तिनीहरुले नराम्रोसँग चुकाउनु पर्ने चेतावनी दिए ।

सो कोणसभालाई अर्का जिल्ला सचिवालय सदस्य मोहन कठायत र युवा संगठन नेपालका जिल्ला अध्यक्ष सुशिल मलासीले सम्बोधन गरेका थिए भने संचालन अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष प्रकाश कठायतले गरेका थिए ।

यसैगरी अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता विरुद्ध उदयपुरको गढी गाउँपालिकाको नेपालटार बजारमा नेकपा लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा निकटका युवा संगठनहरुले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।

युवा संगठन नेपाल उदयपुरले आयोजना गरेको उक्त विरोध सभा नेपालटार बजारको बसपार्कदेखि जुलुस निकालि बजार परिक्रमा गरि पुन: बसपार्कमा पुगि विरोध सभामा परिणत भएको थियो ।

उक्त विरोध सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा उदयपुर, ओखलढुंगाका इन्चार्ज विवेक कुमालले दलाल संसदीय व्यवस्थाका मतियारहरुले राष्ट्रघाती एमसीसी सम्झौता पास गरेर देशमा ठूलो दुर्घटना निम्ताउन खोजेको बताउदै जस्तोसुकै चुनौती आए पनि राष्ट्रघाती एमसीसीलाई नेपाली जनताले लागु गर्न नदिने बताए । 

नेपालमा हिजो पनि विकासको नाममा संसदवादीहरुले गरेको विभिन्न राष्ट्रघाती सन्धि सम्झौताले देशमा ठूलठूला अपत्यारिलो घटना निम्तिएको र देशमा दिनदिनै महंगी र भ्रष्टाचार बलात्कारका घटनाहरु बढ्दै गएकोले नेकपाले विरोध गर्दै आएको बताए ।

उनले जनताको जनजीवनसँग जोडिएको दैनिक जीवनमा आवश्यक पर्ने गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी राज्यले गर्नु पर्ने बताउदै दलाल सरकारका विरुद्ध युवा  संगठन नेपाललाई निरन्तर संघर्षमा अगाडि बढ्न आव्हन गरे ।

विरोधसभा कार्यक्रममा अन्य अतिथिहरु नेकपाका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, देशभक्त गणतान्त्रिक मोर्चाको संयोजक लिल बहादुर विश्वकर्मा, नेकपा (क्रान्तिकारी माओवादी) का सेक्रेटरी शंखर पोख्रेल, जनपत्रकार संगठन नेपाल उदयपुरको अध्यक्ष अनिता गजमेर, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी उपाध्यक्ष अम्बिका रेग्मी लगायतले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा महत्त्वपूर्ण भनाईहरु राखेका थिए । यसैबीच विभिन्न राजनीतिक पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा नेकपा एमालेबाट राम बहादुर राउत, जिन बहादुर मगर, काङ्ग्रेसबाट लगन बहादुर सुनाम, एमालेबाट गोपाल भण्डारी र माओवादी केन्द्रबाट निरुता मोते रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले टीका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रमको सभा अध्यक्ष नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठनका संयोजक नेत्र दियालीले गरेका थिए भने स्वागत मन्तव्य युवा संगठन नेपालका अभिषेकले गरेका थिए ।
शुभकामना मन्तव्य युवा संगठन नेपालकी केन्द्रीय सदस्य कविता कार्कीले पनि राखेकी थिइन् । कार्यक्रमको संचालन युवा संगठन नेपालका सदस्य विकल्प तामाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :