नेकपा दाङद्वारा नेता विक्रमकाे आमाकाे निधनप्रति श्रद्धाञ्जली

नेकपा दाङद्वारा नेता विक्रमकाे आमाकाे निधनप्रति श्रद्धाञ्जली

दाङ : नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य यमलाल कटुवाल विक्रमलाई मातृशोक परेको छ । नेकपा नेता विक्रमका ममतामयी आमाको श्रावण ३२ गते सोमबार दुखद निधन भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिपले मंगलबार एक शोक वक्तव्य जारी गर्दै नेता विक्रमका आमा राप्ती गाउँपालिका वडा नं. ५ भुल्के निवासी तुलसीदेवी कटुवालको ७१ वर्षको उमेरमा भएको निधनले पार्टी निकै मर्माहत र दुखित भएको बताएका छन् ।

वक्तव्यमा मृतक तुलसीदेवी कटुवालले जनयुद्ध र एकीकृत जनक्रान्तिमा पुर्याएको योगदानको स्मरण गर्दै सेक्रेटरी प्रदिपले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै यस दुखद घडीमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।

शुक्रबार मृतक आमा विष्णुदेवी कटुवालको अन्तिम दाहसंस्कार गरिएको छ ।दाहसंस्कारमा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल, जिल्ला विशेष कमिटी सेक्रेटरी सुन्दर, जिल्ला सेक्रेटरी प्रदिप, नेकपा तुलसीपुर उपमहानगर इन्चार्ज विकास, घोराही उपमहानगर इन्चार्ज तिलक, लमही नगर इन्चार्ज जनक, बबई गाउँपालिकाका इन्चार्ज प्रतिरोध, शान्तिनगर दंगीशरण गाउँपालिका इन्चार्ज निर्मल लगायत पार्टी निकट जनर्गीय संगठनका जिम्मेवार नेताकार्यकर्ताको सहभागिता थियो ।

दाहसंस्कारमा उपस्थित नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले मृतक आमाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । नेता शितलले दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरे । उनले मृतक आमाको सफल जीवन पछिको मृत्यु भएको बताए । निरन्तर क्रान्तिको प्रक्रियामा लागेका नेता विक्रमसहित सात जना होनहार सपुतलाई जन्माएर सही दिशानिर्देश गर्ने मृतक आमा महान भएको नेता शितलको भनाइ थियो ।

पार्टीको तर्फबाट अन्तिम श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रमको सहजीकरण नेकपा लमही नगर इन्चार्ज जनकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :