जन्मदिन मनाउन दीक्षा पुगिन विपन्नको घरमा, जस्तापाता सहयोग

जन्मदिन मनाउन दीक्षा पुगिन विपन्नको घरमा, जस्तापाता सहयोग

दाङ : तुलसीपुर उप-महानगरपालिका वडा नं. ५ निवासी दीक्षा केसीले आफ्नो २० औँ जन्मदिनको अवसरमा विपन्न परिवारको घर निर्माणमा जस्तापाता सहयोग गरेकी छिन् । बुधबार एक कार्यक्रमका बीच जस्तापाता हस्तान्तरण गरिएको हो ।

बुवा सोमराज केसी, आमा उपासना केसीकी छोरी दीक्षा केसीले १९ औँ बर्ष पार गरि २० औँ बर्ष प्रवेशको अवसरमा जस्तापाता सहयोग गरेकी हुन् ।

नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा निर्माणाधीन शान्तिनगर गाउपालिका-३ अधेरे निवासी अति विपन्न दलबहादुर कुमाल परिवारको घर निर्माणमा पच्चीस हजार बराबरको जस्तापाता सहयोग गरिएको हो ।

जस्तापाता हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य बिरेन्द्रले जन्मदिन मनाउने नाममा अनावश्यक खर्च गर्नु उचित नहुने धारणा व्यक्त गरे । उनले अति विपन्न परिवारलाई सहयोग गरेर जन्मदिन मनाउने बहिनी दीक्षाको खुलेर प्रशंसा गरे । उनले भने, “अनावश्यक खर्चिलो, भड्किलो ढङ्गले जन्मदिन मनाउनु भन्दा गरीब, असहाय, निमुखा जनतालाई सहयोग गरेर जन्मदिन मनाउनुको महत्व रहन्छ ।” क्रान्तिकारी संस्कृति निर्माणमा सचेत युवाहरूले महत्वपूर्ण भूमिका रहेको भन्दै परम्परागत, रुढीवादी, बुर्जुवा चिन्तन संस्कृतिलाई खारेज र निस्तेज गर्नुपर्नेमा बिरेन्द्रको जोड थियो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमर, अखिल नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ दाङका अध्यक्ष बिबेक, जनपत्रकार सङ्गठन नेपाल दाङका संयोजक हेमन्तको आतिथ्य रहेको थियो भने कार्यक्रमको सहजीकरण युवा सङ्गठन नेपाल दाङका इन्चार्ज मनोजले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :