बेरुजु रकम तथा एमसीसी सम्झौताविरुद्ध दाङमा बिरोध प्रदर्शन

बेरुजु रकम तथा एमसीसी सम्झौताविरुद्ध दाङमा बिरोध प्रदर्शन

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल दाङले घोराहीमा बिरोध प्रदर्शन सम्पन्न गरेको छ ।

२०७८ को बेरुजु रकम तथा एमसीसी सम्झौताको विरुद्धमा आयोजित बिरोध कार्यक्रम र्यालिसहित सहिदगेटदेखि दामोदर चोक हुँदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै युवा सङ्गठन नेपालका केन्द्रीय संयोजक पाटनले देउवा सरकारको गृह प्रशासनले अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध जनतालाई आतङ्कित पार्ने गरि जारी गरिएको विज्ञप्तिदेखि आफ्नो सङ्गठन नडराउने बताए । उनले आफूहरू निरन्तर जेल, हिरासत भोगेर आएको समेत बताउँदै अहिले पनि देश र जनताका खातिर बलिदान गर्न तयार रहेको बताए ।

एमसीसी सम्झौतामार्फत अमेरिकी साम्राज्यवादले नेपाललाई उपनिबेश बनाउन खोजेको नेता पाटनको भनाई थियो । नेता पाटनले देश बेच्ने दलालहरूले दिने आदेशका विरुद्ध सुरक्षा निकायका सेना, प्रहरीले पनि बिद्रोह गर्नुपर्ने बेला आएको उद्घोष गरे । उनले नेपाललाई चीनसँग लड्ने उपयुक्त भू–भागको रुपमा प्रयोग गर्न खोजेको भन्दै एमसीसी सम्झौता कुनै हालतमा पास हुन नदिने उद्घोष गरे । एक अर्को प्रसङ्गमा नेता पाटनले महालेखा परिक्षकको बेरुजु रकमको सत्यतथ्य सार्वजनिक गर्न मागसमेत गरे ।

त्यसैयरी नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य बिकाशले रास्ट्रघाती एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने सांसदलाई गाउँ–गाउँबाट कालोमोसो दलेर कारवाही गर्ने चेतावनी दिए । ५५ अर्बमा देश बेच्ने दलालहरूका विरुद्ध निर्मम सङ्घर्ष गर्नुपर्ने नेता बिकाशको धारणा थियो ।

नेता बिकाशले संसदीय व्यवस्था पूर्ण रुपले असफल भएको भन्दै विकल्पमा जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको विकल्प नरहेको बताए । संसदीय सरकार विघटन गरेर प्रगतिशील संयुक्त सरकार गठन गरि जनमतसङ्ग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने नेता बिकाशको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले जनतालाई आतङ्कित पार्दै एमसीसी पास गर्न खोजे जस्तोसुकै कदम चाल्न बाध्य हुने बताए । उनले मातृभूमिमाथि अमेरिकी साम्राज्यवादको आतङ्कको विरुद्ध आफूहरू जेल, हिरासत मात्रै नभई आवश्यक परे बलिदान गर्न पनि पछि नहट्ने बताए ।

बिरोध प्रदर्शन कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य मनोजले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :