कैलालीको अत्तरियामा एमसिसि विरुद्ध प्रदर्शन हुँदै

कैलालीको अत्तरियामा एमसिसि विरुद्ध प्रदर्शन हुँदै

अमेरिकी परियोजना मिलनियम च्यालेन्ज कर्पोरेसन विरुद्ध अत्तरियामा सर्वदलीय विरोध प्रदर्शन हुने भएको छ ।नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा र नेकपा मालेको संयुक्त आयोजनामा बुधबार प्रदर्शन हुने भएको हो ।

व्यापक जनदबाबका बाबजुद पनि सरकारले राष्ट्रघाती सम्झौता संसदबाट पारित गर्ने षडयन्त्र गरेको भन्दै एमसिसि विरुद्ध प्रदर्शन गर्न लागिएको नेकपा केन्द्रिय सदस्य ओमप्रकाश पुनले जानकारी दिए। राष्ट्रघात एमसिसि सम्झौता खारेज गरिनुपर्ने र खारेज नगरिय कडा संघर्षका कार्यक्रम घोषणा गर्ने समेत उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :