डोटीमा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन

डोटीमा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन

युवा संगठन नेपाल डोटीको आयोजनामा स्थानिय निकायहरुमा भएको बेरुजु र भ्रष्टचारको विरुद्धमा नाराजुलुस सहित कोण सभा सम्पन्न भएको छ।जिल्ला प्रशासन कार्यालय डोटी सिलगढीको प्रवेशद्वार आगाडी विरोध प्रदर्शन सम्पन्न भएको हो।

कोण सभामा बोल्दै अखिल(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा सेम व्युरो संयोजक विरेन्द्र शाहले संस्थागत रूपमा भ्रष्टाचार मौलाइरहेको बताउँदै भ्रष्टचारीहरुको सूची सार्वजनिक गर्ने र सरकारले ति भ्रष्टचारीलाई कार्वाही गर्नु पर्ने बताए। भ्रष्टाचारीलाई सरकारले कारवाही नगरे आफुहरुले कार्वाही गर्ने समेत उनले जानकारी दिए। कार्यक्रमको संचालन युवा संगठन नेपाल डोटीका संयोजक सुशिल मलासीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :