भ्रष्टाचार र एमसिसि विरुद्ध कञ्चनपुरका युवा विरोधमा उत्रिय

भ्रष्टाचार र एमसिसि विरुद्ध कञ्चनपुरका युवा विरोधमा उत्रिय

कञ्चनपुरको महेन्द्रनगरमा सरकारले गरेको आर्थिक अनियमितता ,बेरुजु भ्रष्टाचार र राष्ट्रघाती सम्झौता MCC को विरुद्ध युवाहरू विरोधमा उत्रिएका छन्। युवा संगठन नेपाल कञ्चनपुरको आयोजनामा विरोध प्रदर्शन गरिएको हो।

विरोध प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा कञ्चनपुर जिल्ला सचिव रमेश परियारले यो दलाल संसदीय व्यवस्था ले देशमा गरीबी, भ्रष्टाचार र राष्ट्रघातका काममा अग्रसर रहेकाे बताएका छन । दलाल पूँजीवादको असफलताको कारण आज देशमा अनेकौं किसिमका समस्या र जटिलता उत्पन्न भएको उनले दाबि गरे। आर्थिक अनियमितता,बेरुजु, भ्रष्टाचार र राष्ट्रघाती एमसिसि सम्झौता जस्ता राष्ट्र र जनताको हित विपरितको क्रियाकलापमा दृढता पूर्वक पार्टीले प्रतिवाद गर्ने बताए ।आफ्नो पार्टीले वैज्ञानिक समाजवाद स्थापना गरी जनताको मुक्ति दिन चाहेको र समाजवादी आन्दोलन मा एकजुट हुन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा उनले आग्रह गरे ।

कार्यक्रम का वक्ताहरु समाजवादी राष्ट्रिय मञ्च नेपाल का केन्द्रीय अध्यक्ष देविदत्त पाण्डे , युवा संगठन नेपाल सेती माहाकाली कार्यालय सचिव मनमोहन जोशी, ग्रेटर नेपाल का केन्द्रीय उपाध्यक्ष गजेन्द्र पाण्डे, अखिल क्रान्तिकारी कञ्चनपुर संयोजक ललित एसके लगायतले आफ्ना मन्तव्य राखेका थिए । सो प्रदर्शन कार्यक्रम युवा संगठन नेपाल कञ्चनपुरका अध्यक्ष वीरेन्द्र जोशी ले सञ्चालन गरेका थिए । उक्त विरोध र्‍याली नेकपा को पार्टी कार्यालय बाट सुरु भएर ट्राफिक चोक हुँदै मदन चोक भेटघाट चौतारीमा गएर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :