युवा संगठन नेपाल डोटीले प्रशासनमा ध्यानाकर्षण पत्र बुझायो

तीन बुँदे सहमति अविलम्ब कार्यन्वयन गर्न माग

युवा संगठन नेपाल डोटीले प्रशासनमा ध्यानाकर्षण पत्र बुझायो

युवा संगठन नेपाल डोटीले जिल्ला प्रशासन कार्यालय डोटीमा ध्यानाकर्षण पत्र बुझाएको छ। डोटीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी ध्रुव ओली जिल्ला कमिटी सदस्य विद्रोही युवा संगठन नेपाल डोटीका संयोजक सुशील मलासी, दीपक ,कैलाश, ममता लगायतको टोलिले नेपाल सरकार र नेकपाबिच भएको तीन बुँदे सहमति अविलम्ब कार्यन्वयन गर्न दबाबस्वरूप सहायक प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र बुझाएका हुन्।

बुधबार नै नेपाल कम्युनिष्ट पार्टी डोटीको टोलीले जिल्ला प्रशासन कार्यालय डोटीअगाडि धर्ना दियको छ । जिल्ला सेक्रेटरी ध्रुव ओलीको नेतृत्वमा तीन बुँदे सहमती कार्यान्वयन  गर्न दबाब दिने उद्देश्यले साङ्केतिक रूपमा धर्ना दिएको सेक्रेटरी ओलीले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :