एमसिसि विरुद्ध भीमदत्त नगरमा नेकपाको कोणसभा

एमसिसि विरुद्ध भीमदत्त नगरमा नेकपाको कोणसभा

नेपाल कम्युनिस्ट पार्टी भिमदत्तनगर कञ्चनपुरले राष्ट्रघाति एमसिसि सम्झौताको विरुद्धमा कोणसभा सम्पन्न गरेको छ। विरोध प्रदर्शन संगै भीमदत्त नगरपालिका को ब्रह्मदेवमा कोणसभा गरिएको हो।

नगर पार्टी द्वारा आयोजित उक्त कोण सभामा बोल्दै नगर सचिव दीपेन्द्र ऐरी ले आफ्नो देशको स्वतन्त्रतालाई बेचेर विदेशीको इसारामा राष्ट्रको दोहन गर्ने उक्त राष्ट्रघाती एमसिसि सम्झौता तत्काल खारेज गर्नुपर्ने बताएका छन । सहयोगको नाममा अमेरिकि सैनिक भित्र्याउने षडयन्त्र विरुद्ध आफ्नो पार्टी जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताए ।

एमसिसि सम्झौता संसदबाट पारित गर्न खोजे आफ्नो पार्टी सशस्त्र प्रतिरोध मा जाने चेतावनी दिएका छन । उक्त कार्यक्रममा बोल्दै अखिल नेपाल किसान संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष रगुबिर जोशीले उक्त एमसिसि सम्झौता पारित गर्न खोज्नु यो दलाल सरकारको अनैतिक र गैरजिम्मेवारी पूर्ण काम भएको बताए । देशको स्वाधीनता र भौगोलिक अखण्डता जोगाउनको लागि भएपनि उक्त संझौता खारेजीको लागि संघर्समा उत्रन आम न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गरेका छन ।

ब्रह्मदेवको भिमदत्त चौकमा चलेको उक्त कोण सभाको कार्यक्रम सञ्चालन हरिस एरीले गरेका थिए भने सो कार्यक्रममा नगर पार्टीका नेता कार्यकर्ता हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :