राष्ट्रघाटी एमसीसी सम्झौताविरुद्ध बर्दियामा प्रदर्शन

राष्ट्रघाटी एमसीसी सम्झौताविरुद्ध बर्दियामा प्रदर्शन

बर्दिया : नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौताको विरुद्ध देशव्यपी रुपमा भइराखेको आन्दोलनको सन्दर्भमा बर्दिया जिल्लाको मधुवन तारातालमा नाराजुलुस सहित कोणसभा सम्पन्न गरेको छ ।

कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन बर्दियाका जिल्ला इन्चार्ज लोकेश राज जोशीले एमसीसी परियोजना लागू भएपछि देशमाथि ठूलो राष्ट्रघाट हुने बताए । उनले त्यसको प्रमाणित तथ्य भनेको कुनै परियोजनाको संसदले पास गर्नुपर्ने हुँदैन तर एमसीसी पास गर्न नेपाल सरकार लागीपर्नु र सम्झौतामा लेखिएअनुसार नेपालको कानुनमा निहित नभई सबै अमेरिका सरकारको मातहातमा रहनु भनेको नै सरासर राष्ट्रघाटी भएको पुष्टि भएको बताए ।

कोणसभा कार्यक्रममा मधुवन नगर इन्चार्ज केशव लावड, मधुवन नगर सेक्रेटरी चक्र थापा लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला अध्यक्ष हरि प्याकुरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :