नेकपा पाल्पा–गुल्मीको पाँचदिने संयुक्त स्कुलिङ सम्पन्न

नेकपा पाल्पा–गुल्मीको पाँचदिने संयुक्त स्कुलिङ सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पा र गुल्मीको जिल्ला स्तरीय पाँचदिने संयुक्त स्कुलिङ बुधबार सम्पन्न भएको छ । पाल्पाको तानसेनमा २०७८ भदौ १८ गतेदेखि २३ गते सम्म चलेको स्कुलिङ समापन भएको हो ।

पछिल्लो समय नामधारी कम्युनिस्ट मात्रै विगविगी भएकोले आम पार्टी कार्यकर्ता एवम् नेताहरूमा कम्युनिस्ट दृष्टिकोण र यसको मर्मलाई व्यवहारत जिवित राख्न, पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नयाँ पिंढीलाई कम्युनिस्ट दृष्टिकोणमा बदलेर कम्युनिस्ट दृष्टिकोण व्यवहारिक सफलता, रक्षा र नेतृत्व विकासका निम्ति जोड दिन स्कुलिङ सञ्चालन गरिएको थियो ।

स्कुलिङ कार्यक्रमलाई समापन मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुल विभाग प्रमुख भेसराज भुसालले नेता कार्यकर्ताहरूलाई अहिले दिएको वैचारिक दृष्टिकोणलाई व्यवहारमा उतार्न अपिल गरे । यस्तै स्कुलिङमा गुल्मीबाट तारा बस्नेत र पाल्पाबाट नेपालले अनुभूति मन्तव्य राखेका थिए भने नेकपा केन्द्रीय सदस्य तथा पाल्पा गुल्मी इन्चार्ज अपेक्षाले धन्यवाद मन्तव्य दिएकी थिइन् ।

कम्युनिस्ट स्कुलमा वैज्ञानिक अर्थशास्त्र स्कुल विभाग प्रमुख तथा नेकपा केन्द्रीय सदस्य भेसराज भुसाल, दर्शन बिषयमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभाग सदस्य लालबहादुर बिसी र वैज्ञानिक समाजवाद र सौदर्य शास्त्र बिषयमा अखिल नेपाल जनसाँस्कृतिक महासङ्घका केन्द्रीय महासचिव तथा स्कुलिङ विभाग सदस्य खेम थपलियाले पढाएका थिए ।

उक्त स्कुलिङ उद्घाटन सत्रको अध्यक्षता तथा सञ्चालन नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी प्रभातले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :