युवा सङ्गठन कपिलवस्तुले जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

युवा सङ्गठन कपिलवस्तुले जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय सङ्गठन युवा सङ्गठन नेपाल कपिलवस्तुले २०७७ फागुन २१ गते तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमति कार्यान्वयनको दबाब स्वरुप बुधबार जिल्ला प्रशासन कार्यालय तौलिहवामा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउनु अघि धर्ना बसि दबाब दिएको युवा सङ्गठन नेपाल कपिलवस्तुले उपरोक्त पत्रमा राजनीतिक आस्थाका आधारमा झुठ्ठा मुद्दाहरू तुरुन्त खारेज गर्ने, राजनीतिक आस्थाका आधारमा बन्दी बनाईएका आस्थाका बन्दीहरूलाई निशर्त रिहाई गर्ने र जनमतसङ्ग्रहका उचित वातावरण तयार गर्ने तीन वटा मागहरू समाबेश गरेको युवा सङ्गठन नेपाल कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष सागरले बताए ।

देशैभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयमर्फत युवा सङ्गठन नेपालका जिल्ला कमिटीहरूले प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :