तीनबुँदे सहमति कार्यान्वयनको माग राख्दै युवा सङ्गठनको प्रशासनमा धर्ना

तीनबुँदे सहमति कार्यान्वयनको माग राख्दै युवा सङ्गठनको प्रशासनमा धर्ना

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन युवा सङ्गठन नेपाल, कञ्चनपुरले आफ्नो पार्टी र नेपाल सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनको माग राख्दै बुधबार कञ्चनपुरको जिल्ला प्रशासन गेटमा धर्ना बस्नुका साथै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

तत्कालीन केपी शर्मा ओलीको सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग तीनबुँदे सहमति गर्दै पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा, झुट मुद्दा खारेज र आस्थाका बन्दीहरू रिहाई लगायतका तीन बुँदामा सहमति गरेको थियो । तर उक्त सहमति गरेको करिब ८ महिना बितिसक्दा पनि कार्यान्वयन नगरेको आफूहरू सङ्घर्षको कार्याक्रम घोषणा गर्न बाध्य भएको युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य भुवन कुँवरले जनाएका छन् ।

सो तीनबुँदे सहमतिलाई अहिलेको देउवा सरकारले यथासिघ्र कार्यान्वयन गर्नुपर्ने माग राख्दै बुधबार देशैभरि युवा सङ्गठनले प्रत्येक जिल्लामा ज्ञापनपत्र सहित धर्ना कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :