युवा सङ्गठन इलामले तीनबुँदे सहमति कार्यान्वयनका लागि ज्ञापनपत्र बुझायो

युवा सङ्गठन इलामले तीनबुँदे सहमति कार्यान्वयनका लागि ज्ञापनपत्र बुझायो

इलाम : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालले तत्कालिन सरकारले आफ्नो पार्टीसँग गरेको तीनबुँदे सहमति कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय इलामसहित देशैभरबाट सरकारलाई एकसाथ ज्ञापनपत्र बुझाइएको युवा सङ्गठन इलामले जनाएको छ । सरकारले गरेको सहमति कार्यान्वयन नभएको भन्दै युव सङ्गठनले सहमति कार्यान्वयन गर्न माग गरेको हो ।

युवा सङ्गठनका जिल्ला संयोजक विद्रोहीद्वारा हस्ताक्षिरत ज्ञापनपत्रमा तीनबुँदे माग उल्लेख छ । ज्ञापनत्रमा राजनीतिक आस्थाका आधारमा लगाइएका झुट्ठा मुद्दाहरू खारेज गर्न, राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीलाई विनाशर्त रिहाई गर्न र जनमतसङ्ग्रहका लागि उचित वातावरण तयार गर्न माग गरेको छ ।

तत्कालिन सरकार र नेकपाबीच गत २० फागुनमा तीनबुँदे सहमति भएको थियो । सो सहमति पत्रमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीसहितको सहमति भएको थियो । तर सरकारले नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउनेबाहेक अन्य सहमति कार्यान्वयन नगरेको भन्दै सहमति कार्यान्वयनका लागि सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ ।

यसअघि हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २८ फागुन २०७५ मा नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।

नेकपाले पुँजीवाद कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतसङ्ग्रह गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :