युवा सङ्गठन नेपाल पाल्पाद्वारा तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै ज्ञापनपत्र

युवा सङ्गठन नेपाल पाल्पाद्वारा तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै ज्ञापनपत्र

पाल्पा : युुवा सङ्गठन नेपाल पाल्पाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणको नेतृत्वमा गएको टिमले ज्ञापनपत्र बुझाएको हो ।

ब्युरो इन्चार्ज विश्लेषणले सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति पत्र वाचन गर्दै सहमतिप्रति राज्यपक्ष उदासिन भएको भन्दै यो सहमति कार्यान्वयनको निम्ति राज्यपक्षले ढिला गरे परिणाम गम्भीर हुने बताए । उनले राजनीतिक सहमति अनुसार राजनीतिक आस्थाका सम्पूर्ण राजबन्दीहरू जेलबाट नछुट्नु राज्यको उदासीनता भएको बताउँदै मागपत्रलाई गम्भीरता पूर्वक लिनुपर्ने बताए । विश्लेषणले नेकपाका नेता कार्यकर्तामाथि लगाएको झुठा मुद्दाहरू तत्काल खारेज गर्नुपर्नेसमेत बताए ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रमको सञ्चालन सङ्गठनका जिल्ला अध्यक्ष लिला सारुले गरेका थिए भने कार्यक्रममा तानसेन नगर सेक्रेटरी सुमनलगायत सङ्गठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

सङ्गठनले केन्द्रीय कार्यक्रम अन्तर्गत पाल्पामा ज्ञापनपत्र बुझाएको हो । सङ्गठनले बन्दीको अबिलम्ब रिहाई र झुठा मुद्दा खारेजीको माग गर्दै देशभर प्रधानमन्त्री तथा मन्त्रीपरिषदलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :