अखिल क्रान्तिकारी मोरङको जिल्ला भेला सम्पन्न

अखिल क्रान्तिकारी मोरङको जिल्ला भेला सम्पन्न

मोरङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी मोरङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । बुधबार मोरङ्गको बेलबारीमा सम्पन्न भेला आकाशको नेतृत्वमा १२ सदसीय समिति चयन गरेको हो ।

भेलामा प्रमुख अतिथिका रुपमा जिल्ला सेक्रेटरी नरेश र विशेष अतिथि मेची–कोशी समन्वय समितिका अध्यक्ष पुष्प न्यौपानेको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला सक्रेटरी नरेशले देशको राजनीतिक भविष्य निर्धारण गर्ने शक्ति विद्यार्थी रहेको भन्दै विद्यार्थीहरूले सक्रिय रूपले अगाडि आउने र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नका लागि अखिल क्रान्तिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनले नेपालको यो विभेदपूर्ण शिक्षाको पर्खाल भत्काउन अहिलेको आवश्यकता रहेको बताए । अहिलेको अवस्थामा सरकारी स्वामित्वमा रहेका स्कुल कलेज विश्वविद्यालय लगायत शैक्षिक संस्था पनि सर्वसाधारण जनताको पहुँचमा नसकेको, उच्च शिक्षा सर्वसाधारणको पहुँचमा नरहेको र अन्यायपूर्ण रहेको यो खाले शिक्षा चाँडोभन्दा चाँडो बन्द गर्नुपर्ने उनले बताए ।

भेलामा विशेष अतिथिको रुपमा उपस्थित भएका मेची–कोशी समन्वय समितिका अध्यक्ष पुष्प न्यौपानेले मन्तव्यका क्रममा नेपालमा शैक्षिक असमानता र विभेद रहेको भन्दै शैक्षिक असमानता नियन्त्रण गर्न सक्ने भने मात्र सामाजिक विभेद अन्त्य हुन सक्ने बताए । उनले दलाल पुँजीवादीको शिक्षा प्रणालीले समाजमा दिनप्रतिदिन युवाहरूलाई विदेश पलायन गराउने, बेरोजगार बनाउने तर्फ रहेको बताउँदै यसको विकल्प वैज्ञानिक शिक्षा मात्र रहेको बताएका थिए र साथै सम्पूर्ण निर्वाचित सदस्यहरूमा शुभकामना प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :