विद्यार्थी सङ्गठनद्वारा कुटपिटमा सलग्न प्रहरीलाई कारवाहीको माग

विद्यार्थी सङ्गठनद्वारा कुटपिटमा सलग्न प्रहरीलाई कारवाहीको माग

रुकुम पश्चिम : सदरमुकाम मुसिकोट खलङ्गामा बुधबार संयुक्त विद्यार्थी सङ्गठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा प्रहरी प्रशासनबाट भएको दमनप्रति छानबिनको मागसहित बुधबार साँज नै सयुक्त विज्ञप्ति निकालेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘केपी वलीको अराजनैतिक अबैध जनविरोधी राष्ट्रविरोधी गतिविधिका बिरुद्ध देशैभर प्रदर्शन गर्ने क्रममै रुकुम पश्चिममा पनि राजनैतिक संस्कार सहित कोभिड १९ को बिकराल परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पालना सहित राष्ट्रपति र प्रधामन्त्रीको पुत्ला दहन सकिए पश्चात सुनियोजित ढङ्गले सम्यमता अपनाउँदा अपनाउँदै प्रहरी प्रशासनको दमन आतङ्क कुटपिटको संयुक्त विद्यार्थी सङ्गठन निन्दा गर्दछौँ ।’

साथै प्रहरी प्रशानबाट कुटपिटमा परी घाइते भएका अखिल (क्रान्तिकारीका) का अध्यक्ष सुशील बिष्ट, सचिब नारायण केसी, नेकपा निकट (अखिल क्रान्तिकारी) निवर्तमान जिल्ला अध्यक्ष तथा २७ जिल्ला सम्मेलन आयोजक समिति सदस्य सोम्पाल कामी लगायतको स्वास्थ्यलाभको कामना गर्दै घाईतेहरूको उपचारको ग्यारेन्टी गर्न माग गरेको छ ।

कुटपिटमा सङ्लग्न प्रहरीले माधक मदार्थ सेबन गरेको भन्दै दोषीलाई कानुनी कारवाही मागसहित जिल्ला प्रशासन कार्यालयले माफी माग्नुपर्ने बताएका छन् ।

सङ्गर्ष बलिदान आँधिबेहेरीबाट स्थापित विद्यार्थी सङ्गठनलाई दमन गर्ने केपी वली गृह प्रशासनलाई विद्यार्थी आन्दोलन इतिहासको स्मरण गर्न र विद्यार्थीको तागतलाई अबमूल्यन नगर्न चेतावनी दिँदै केपी वलीको अराजनैतिक अराजक गतिविधिका र प्रहरी दमनका विरुद्ध सयुक्त विद्यार्थी सङ्गठनले थप छलफल गरि आन्दोलन गर्ने जानकारी दिएको छ ।

नेकपा निकट अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक प्रेमप्रशान्त बोहोरा, अनेरास्ववियुकी केन्द्रीय सदस्य भावना शर्मा, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य सुन्दर शर्मा लगायतले सयुक्त विज्ञप्ति निकालेका थिए ।

आन्दोलनमा सहभागी ११ जना विद्यार्थी नेताहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो भने प्रहरीको कुटपिटबाट तीन जना विद्यार्थी नेता घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :