नेकपा दाङको आयोजनामा प्रगतिशील विवाह कार्यक्रम

हर्कबहादुर वली र सीता सुनारबीच प्रगतिशील विवाह सम्पन्न

नेकपा दाङको आयोजनामा प्रगतिशील विवाह कार्यक्रम

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर उप–महानगर कमिटीको आयोजनामा हर्कबहादुर वली र सीता सुनारबीच प्रगतिशील विवाह सम्पन्न भएको छ । तुलसीपुर उप–महानगरपालिका वडा नं.१९ सङ्क्राम निवासी हर्कबहादुर वली र तुलसीपुर उप–महानगरपालिका १९ कुइरेताल निवासी सीता सुनारले भाद्र २ गते प्रगतिशील विवाह गरेका हुन् ।

प्रगतिशील विवाह कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टीका बिशेष कमिटी सेक्रेटरी सुन्दरले पुरानो अवैज्ञानिक संस्कृतिलाई निस्तेज गर्नुपर्ने धारणा राखे । नेता सुन्दरले प्रगतिशील विवाह कार्यक्रममार्फत क्रान्तिकारी संस्कृति निर्माण गर्न पहलकदमी लिने दुबै नवविवाहित जोडीलाई बधाइ दिए ।

दुलहाका माइला बुवा धनजित वलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा तुलसीपुर उप–महानगर कमिटी इन्चार्ज बिकाश, युवा सङ्गठन नेपाल दाङ जिल्ला अध्यक्ष तुल्सी, तुलसीपुर उप–महानगर वडा नं. १८÷१९ का इन्चार्ज मदन, नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि मानबहादुर वली, नेकपा शिक्षक कर्मचारी बिशेष कमिटी सदस्य द्वय बिभिसन रोका र नरबहादुर रोकाको आतिथ्य रहेको थियो ।

आतिथ्य ग्रहण गरेका सबै अतिथिले नवविवाहित जोडीलाई बधाइ दिएका थिए भने कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी दाङ जिल्ला संयोजक रेखा रोकाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :