अखिल (क्रान्तिकारी) द्वारा मुक्त हलिया बस्तीमा शैक्षिक सामग्री वितरण

अखिल (क्रान्तिकारी) द्वारा मुक्त हलिया बस्तीमा शैक्षिक सामग्री वितरण

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी जिल्ला समिति कञ्चनपुरद्वारा मुक्त हलिया बस्तीमा बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला संयोजक ललित एसकेले सो कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो सङ्गठन पूर्ण रूपमा समाज, परिवेश देश र सिङ्गो राज्य व्यवस्था बदल्नलाई आफूहरू जनता माँझ विभिन्न रचनात्मक कार्यहरू मार्फत वैज्ञानिक समाजवादी राज्य सत्ता निर्माण गर्न लागिपरेको प्रस्ट्याएका छन् । उनले यो दलाल पुँजीवादी व्यवस्थाको शिक्षा प्रणालीले हाम्रो समाजमा दिन प्रतिदिन युवाहरूलाई विदेश पलायन गराउने, बेरोजगार बनाउने तर्फ लगेको बताउँदै यसको विकल्प भनेको वैज्ञानिक समाजवादी शिक्षा हुने बताए । नेता एसकेले विगतदेखि नै गरीब, निमुखा, पीडित, अपाङ्ग आम सर्वहारा वर्गको हितमा काम गर्दै आएको हाम्रो सङ्गठन अझैँ पनि तपाईंहरूका समस्या समाधानको लागि र यो दलाल संसदीय व्यवस्थाको विकल्प खोज्नको लागि सधैँ सहकार्य र समन्यव गर्ने बताए । साथै उनले आम जनतालाई आफ्नो आफ्नो ठाउँबाट जागृत हुन अपिल पनि गरे ।

जिल्ला सचिव भरत विकले सञ्चलान गरेको सो कार्यक्रममा अतिथिमा पार्टीका भीमदत्त नगर सचिव दीपेन्द्र ऐरी लगायत जिल्लाका नेताकार्यकर्ता र त्यहाँका स्थानीयको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :